छिमेकी मुलुक भारत र श्रीलंकाबीच सम्बन्ध पहिलेदेखि सामान्य रहेको भए पनि पछिल्ला केही वर्षयता त्यहाँ बढेको चिनियाँ लगानीका कारण दुई मुलुकबीचको सम्बन्धमा चिसोपन बढ्दै गएको थियो ।गत महिना चिनियाँ युद्धपोत ‘युआन वाङ ५’ श्रीलंका पुगेपछि भारत र श्रीलंकाबीचको सम्बन्धमा थप चिसोपन आएको छ ।श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा युद्धपोत आउने कुरामा पहिले नै भारत सरकारले सार्वजनिक रुपमा चिन्ता र असन्तुष्टि व्यक्त गरेको थियो । यसका बावजुद श्रीलंका सरकारले यो युद्धपोतलाई हम्बनटोटामा आउने अनुमति दियो । यस