बिहानैदेखि बन्द विमानस्थल खुल्यो, सुरु भयो उडान र अवतरण

खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको छ ।   आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो । विमानस्थल बन्द ह

सम्बन्धित सामग्री

मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान बन्द

काठमाडौँ : मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान अवरुद्ध भएको छ। हिजो (शनिवार) देखि मौसम बिग्रिँदा सोलुखुम्बुका लुक्ला र फाप्लु विमानस्थलमा हवाईजहाज उडान र अवतरण हुन सकेका छैनन्।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले काठमाडौँको त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लुमा विमान उडान र अवतरण हुन नसकेको जनाएको छ।विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान र अवतरण हुन नसकेको हो। उडान नहुँदा ती ठाउँमा पर्यटक अलपत्र परेका छन्। अहिले कोशी र मधेश प्रदेशबाहे

उडान अवतरण सामान्य हुँदै

काठमाण्डाै - भिजिबिलिटी बढ्न थालेसँगै सामान्य रुपमा उडान अवतरण हुन थालेको छ । बिहान भिजिबिलिटी १५ सय मिटरमा हुँदा काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएको थियो । अहिले भने सामान्य रुपमा उडान अवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम धुम्म भइरहेको छ । पश्चिमी वायुको प्रभावका कारण वायुमण्डलमा जलवाष्पयुक्त हावा थुप्रिएको र जमिनका धुवाँधुलो उडेर वायुमण्डलमा रहेको पानीमै मिसिँदा मौसम धुम्म भइरहेको मौसमविद् मञ्जु बासीले जानकारी...

पोखरा विमानस्थल खुल्यो : उडान-अवतरण सुरु

कास्की – तेलको ट्याङकर पल्टिएपछि अवरुद्ध भएको पोखरा विमानस्थल खुलेको छ । बिहान ८ बजे पल्टिएको ट्याङकरलाई क्रेनको साहायताले उठाएसँगै बिहान ९ बजेपछि उडान–अवतरण शुरु भएको  विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिनुभयो । आयल निगमको डिपोबाट बिहान जहाजमा तेल भर्न जाँदै गरेको ट्याङकर विमानस्थल परिसरभित्रको घाँसे मैदानमा पल्टिएको थियो ।  पल्टिएको ट्याङकरलाई क्रेनले उठाएपछि अर्को ट्याङकरबाट तेल राखेर जहाज सञ्चालनमा आएका छन् ।

भिजिबिलिटी कम भएर रोकिएका सबै उडान र अवतरण सुचारु

काठमाडौं : बाक्लो हुस्सु र कुहिरोका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान सुचारु भएको छ। मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भिजिबिलिटी बढेसँगै खुलेको हो।विमानस्थल खुलेसँगै काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमान अवतरण भएका छन्। विभिन्न देशबाट आएका विमानहरू अवतरण हुन नसकी आकाशमै होल्डमा थिए।त्रिभुवन विमानस्थल स्रोतका अनुसार अहिले आन्तरिक उडान तथा अवतरण पनि सुरु भइसकेको छ।अन्तर्राष्ट्रियतर्फ कतारको दोहा र दुबईबाट आएका

बाक्लो हुस्सु हट्न थालेपछि अन्तर्राष्ट्रिय उडान र अवतरण सुरु

काठमाडौं । बिहानदेखि लागेको बाक्लो हुस्सु हट्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिविलिटी नपुगेर बन्द भएको विमानस्थल केहीबेर अघि खुलेको हो । विमानस्थल स्रोतका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ । यसक्रममा कतारको दोहाबाट काठमाडौं आएको हिमालय […]

हुस्सु कम भए लगत्तै विमानस्थलमा अवतरण र उडान सुरु

काठमाडौं, १६ पुस । नेपालको आकाशमा बाक्लो हुुस्सु हटेलगत्तै त्रिभुवन विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । बाक्लो हुस्सुको कारण भिजिबिलिटी कम हुँदा शुक्रबार बिहानै आएका ४ वटा जहाज अवतरण गर्न नसकेर डाइभर्ट गराइएको छ । सिमराको आकाशमा ३ घन्टासम्म […]

त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु, चार वटा जहाज डाइभर्ट

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । आज (शुक्रबार) बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नपुगेर बन्द भएको विमानस्थल केही बेर अघि खुलेको हो । विमानस्थल स्रोतका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ। यस क्रममा कतारको दोहाबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमान अवतरण भइसकेको […]

हुस्सुले खुलेन विमानस्थल, साढे ३ सय उडान प्रभावित

बाक्लो हुस्सुका कारण विमानस्थल नखुल्दा देशैभरको उडान ठप्प भएको छ ।  हुस्सुका कारण काठमाडौंको विमानस्थल नखुल्दा काठमाडौं बाहिरका तीन वटा विमानस्थल खुलेको भए पनि उडान भने हुन सकेको छैन ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हुस्सुका कारण भिजिबिलिटी नभएका कारण शुक्रवार तय भएका आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प भएका छन् ।  विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेसम्ममा काठमाडौं बाहिरका विराटनगर, भद्रपुर र भरतपुर विमानस्थल खुलेको भए पनि त्रिभुवन विमानस्थलबाट उडान तथा अवतरण हुन नसक्ने भएकाले सबै उडान...

विराटनगरबाट हुने उडान र अवतरण अनिश्चित

काठमाण्डाै - विराटनगर विमानस्थलमा आज पनि उडान नहुने भएको छ । धावनमार्ग बाहेक विमानस्थलका अरु क्षेत्रमा पानी जमिरहेकाले आज पनि उडान र अवतरण हुने सम्भावना कम रहेको विमानस्थल कार्यालयले जनाएको छ। ‘पानी पर्न रोकिएसँगै विमानस्थलको रन वे को पानी सुकेको छ तर, अन्य क्षेत्र सबै डुबान छ, यसले गर्दा आज उडान हुने सम्भावना छैन’ – विमानस्थलका एक कर्मचारीले उज्यालोलाई बताए ।  विमानस्थलमा आज विज्ञ टोलीले अनुगमन र निरीक्षण गर्नेछ । मिलेसम्म  विमानस्थलमा फसेका दुई वटा जहाजलाई भने काठमाण्...

नियमित उडान रोकिएपनि आज ९ अन्तर्राष्ट्रिय उडान-अवतरण

२४ वैशाख, काठमाडौं । बिहीबार रातीबाट नेपालमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । आन्तरिक उडान भने यसअघि नै बन्द भएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार ९ वटा उडान-अवतरण हुँदैछन् । त्यसमध्ये तीन वटा जहाज बिहीबार राति विभिन्न गन्तब्यमा पुगेर काठमाडौं र्फकन लागेका हुन् । एउटा जहाज भारतबाट तोकिएको उडानअनुसार आउँदैछ । […]