अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाको जितमा गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने। उनले कोलम्बियाका ३ पेनाल्टी रोकेका थिए। निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग खेल्नेछ।

सम्बन्धित सामग्री

साविक विजेता अर्जेन्टिना र पेरु एउटै समूहमा

सन् २०२४ मा आयोजना हुने कोपा अमेरिका कप फुटबलमा साविक विजेता अर्जेन्टिना र पेरु एउटै समूहमा परेका छन् ।

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका कपको फाइनलमा

काठमाडौं। ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो पटक फाइनलमा पुग्ने क्रममा साबिक विजेता ब्राजिलले पेरुमाथि १–० को जित निकालेको हो। ब्राजिलको जितमा खेलको ३५औं मिनेटमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक भयो । अब उपाधिका लागि उसले अर्जेन्टिना र कोलम्बियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको सेमिफाइनल खेल भोलि हुनेछ ।

कोपा अमेरिका: सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्ने

एजेन्सी।कोपा अमेरिका कप फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ।आइतबार बिहान क्वाटर फाइनलका दुई खेल सम्पन्न भएसङै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको छ।अब प्रतियोगिताको सेमिफाइनलमा साबिक विजेता ब्राजिलले पेरुको र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ।ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई, पेरुले पाराग्वेलाई, कोलम्बियाले उरुग्वेलाई र अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेका हुन्।६ जुलाईमा ब्राजिल र पेरु तथा ७ जुलाईमा अर्जेन्टिना र कोलम्बियाबीच सेमिफाइनल खेल हुनेछ।

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका कपको सेमिफाइनलमा

काठमाडौं। इक्वेडरमाथि ३–० को जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले एक गोल गरे भने दुई गोलका लागि पास उपलब्ध गराए। खेलको ४०औं मिनेटमा रोड्रिगो डि पाउलको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। ८४ औं मिनेटमा लौटारो मार्टिनेज र अतिरिक्त समयमा मेस्सीले गोल गरे। अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्नेछ।

उरूग्वेलाई टाइब्रेकरमा स्तब्ध पार्दै कोलम्बिया सेमिफाइनलमा

काठमाडाैं। उरूग्वेलाई टाइब्रेकरमा स्तब्ध पार्दै कोलम्बिया कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। टाइब्रेकरमा उरूग्वे ४–२ ले पराजित भयो। कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले उरूग्वेका जोसे जिमिनेज र मातियास भिनाको प्रहार रोकेका थिए। कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना वा इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ।

कोपा अमेरिकाको क्वाटरफाइनलमा कसको भिडन्त कोसँग ?

काठमाडौं।कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनलको समीकरण पूरा भएको छ।सेमिफाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता अर्जेन्टिना र समूह ‘बी’को चौथो स्थानमा रहेको इक्वेडर तथा समूह ‘बी’को विजेता ब्राजिल र समूह ‘ए’ को चौथो स्थानको चिलीबीच खेल हुनेछ।यस्तै समूह ‘ए’मा दोस्रो भएको उरुग्वेले समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’मा तेस्रो भएको पाराग्वेले समूह ‘बी’मा दोस्रो भएको पेरुसँग खेल्नेछ।

बोलिभियालाई हराउँदै अर्जेन्टिना समूह विजेता

एजेन्सी।कोपा अमेरिका कप फुटबलअन्तर्गत मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४–१ को जित हात पारेको छ।यसअघि नै क्वाटरफाइनलमा पुगेको अर्जेन्टिना यो जितसँगै समूह 'ए' को विजेता बन्यो।अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने एक गोलका लागि पास उपलब्ध गराए।अलेक्जान्द्रो गोमेज र लौटारो मार्टिनेजले एक/एक गोल गरे।बोलिभियाका एर्विन साभेद्राले एक गोल फर्काए।बोलिभिया समूह चरणबाटै बाहिरिएको छ।