पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका कपको फाइनलमा

काठमाडौं। ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो पटक फाइनलमा पुग्ने क्रममा साबिक विजेता ब्राजिलले पेरुमाथि १–० को जित निकालेको हो। ब्राजिलको जितमा खेलको ३५औं मिनेटमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक भयो । अब उपाधिका लागि उसले अर्जेन्टिना र कोलम्बियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको सेमिफाइनल खेल भोलि हुनेछ ।

सम्बन्धित सामग्री

ब्राजिल कोपा अमेरिका महिला च्याम्पियन

कोपा अमेरिका कप महिला फुटबलको उपाधि ब्राजिलले जितेको छ । कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलले आयोजक कोलम्वियालाई १–० गोलले स्तब्ध बनायो ।

कोपा अमेरिका: सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्ने

एजेन्सी।कोपा अमेरिका कप फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ।आइतबार बिहान क्वाटर फाइनलका दुई खेल सम्पन्न भएसङै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको छ।अब प्रतियोगिताको सेमिफाइनलमा साबिक विजेता ब्राजिलले पेरुको र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ।ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई, पेरुले पाराग्वेलाई, कोलम्बियाले उरुग्वेलाई र अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेका हुन्।६ जुलाईमा ब्राजिल र पेरु तथा ७ जुलाईमा अर्जेन्टिना र कोलम्बियाबीच सेमिफाइनल खेल हुनेछ।

कोपा अमेरिकाको क्वाटरफाइनलमा कसको भिडन्त कोसँग ?

काठमाडौं।कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनलको समीकरण पूरा भएको छ।सेमिफाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता अर्जेन्टिना र समूह ‘बी’को चौथो स्थानमा रहेको इक्वेडर तथा समूह ‘बी’को विजेता ब्राजिल र समूह ‘ए’ को चौथो स्थानको चिलीबीच खेल हुनेछ।यस्तै समूह ‘ए’मा दोस्रो भएको उरुग्वेले समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’मा तेस्रो भएको पाराग्वेले समूह ‘बी’मा दोस्रो भएको पेरुसँग खेल्नेछ।

कोपा अमेरिका : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

काठमाडौं।कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ।समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो।खेलको ३७ औं मिनेटमा एडर मिलिटाओको गोलबाट ब्राजिलले अग्रता लियो ।तर एन्जल मिनाले ५३ औं मिनेटमा इक्वेडरका लागि बराबरी गोल फर्काए। पछिल्ला १० खेलमा लगातार विजयी भएको ब्राजिलको विजयी यात्रामा ब्रेक लागेको छ। बराबरीसँगै इक्वेडर क्वाटरफाइनलमा पुगेको छ।

कोपा अमेरिका कपमा कोलम्बियाद्वारा इक्वेडर पराजित

एजेन्सी। कोपा अमेरिका कप फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ। आज बिहान भएको दोस्रो खेलमा कोलम्बियाले इक्वेडरलाई १–० ले पराजित गरेको हो। उसको जितमा खेलको ४२ औं मिनेटमा एड्विन कार्डोनाले गरेको गोल नै निर्णायक बन्यो। उनले मिगुएल बोर्जाको पासमा गोल गरेका थिए। जितसँगै उसले समूहमा ३ अंक जोडेको छ। यो समूहमा भेनेजुएलालाई ३–० ले हराएको ब्राजिल शीर्ष स्थानमा छ।