अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी विवाह बन्धनमा बाँधिएका छन् । बौद्धस्थित हायात रिजेन्सीमा यी दुईको विवाह समारोह आयोजना भइरहेको छ । संयम र आश्माले करिब १० वर्षको प्रेमलाई विवाहमा परिणत गरेका छन् ।दुबै तर्फका आफन्त र केही कलाकारसहित विवाहमा करिब २ सय जना पाहुना छन् ।सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभास, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् । आश्माले पनि ‘आभाष’ र &lsquo