मंसिर १६ विवाह गर्दै संयम र आश्मा

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी विवाह बन्धनमा बाँधिने भएका छन् । करिब १० वर्षको प्रेम दुबैले विवाहमा परिणत गर्न लागेका हुन् । दुबैको विवाह समारोह यही मंसिर १६ गते हायात रिजेन्सी होटल बौद्धमा आयोजना गरिएको छ । विवाहको निम्तो कार्ड दुवै तर्फका आफन्त तथा साथीभाई माझ पुगिसकेको छ । सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् । आश्माले पन