बजार अनुगमन प्रणालीमा परिवर्तन

चाडबाड नजिकिएसँगै बजारमा सरकारी निकायले अनुगमन बढाउने, गरिएको अनुगमन फितलो भएको तथा दोषी पाइएका व्यापारीमाथि कारबाही नभएको जस्ता अनेक समस्या बजार अनुगमनमा देखिए पनि सरकारले त्यसमा परिवर्तन गर्न खोजेको देखिँदैन । त्यसैले सरकारले गर्ने बजार अनुगमनको व्यापक आलोचना हुने गरेको छ र यस्तो अनुगमनले बजारमा भइरहेका ठगी, मिति गुज्रेका सामानको विक्रीजस्ता विकृति रोक्न कुनै पनि मद्दत गरेको देखिँदैन । किन सरकारी अनुगमन प्रभावकारी बन्न सकेको छैन त ? वर्तमान सरकारी संयन्त्र र कार्यशैलीबाट हुने बजार अनुगमनबाट बजारका विकृति रोक्न सम्भव छैन । यसमा सुधार ल्याउने हो भने व्यक्ति, स्थानीय तह, व्यापारीसमेत सचेत हुन जरुरी छ । बजार अनुगमन प्रणालीको संरचना नै सही नभएकाले यसको पुनः संरचना गर्नुपर्ने भनाइ सरकारी अधिकारीहरूकै रहेको पाइन्छ । निजीक्षेत्रले ल्याएको सामान कति मूल्यमा कति परिमाणमा ल्याएको हो, कहाँ कति मूल्यमा बेच्यो भन्ने विवरण कतै पनि नहुने भएकाले सरकारी निकायले गरेको अनुगमन निष्प्रभावी देखिएको हो । वाणिज्य विभागसँग उनीहरूको तथ्यांक नभएको अवस्थामा अन्तिम विक्रेता खुद्रा पसलेकहाँ गएर अनुगमन गर्नुका अर्थ हुँदैन । अहिले बजारमा चिनीको अभाव छ भनिन्छ र बजारमा मूल्य वृद्धि भइरहेको छ । तर, यसमा जति नै अनुगमन गरे पनि कसले कति चिनी आयात गरेको हो, कति स्टक छ र खुद्रा व्यापारीले कतिमा किनेर बेचिरहेको छ भन्ने तथ्यांक उपलब्ध नभएको अवस्थामा अन्तिम विक्रेतालाई कारबाही गर्नु जायज देखिँदैन । त्यसैले हरेक वस्तु आयातको तथ्यांक सही राख्ने र त्यो तथ्यांकमा सरकारी अधिकारीहरूको सहज पहुँच हुनुपर्ने विषयमा बारम्बार कुरा उठाए पनि सरकारले अहिलेसम्म सुनेको छैन । यस्तोमा अहिले भने सरकारी अधिकारीहरूले यस्तो तथ्यांकमा पहुँच आवश्यक भएको र अनुगमन प्रणालीमा सुधार आवश्यक भएको देखेको कुरा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले अभियानसँगको अन्तरवार्तामा बताएका छन् । उनको भनाइअनुसार प्रशासन संयन्त्रलाई बजार अनुगमन प्रणाली गलत भएको थाहा भएको देखिन्छ । साथै सुधार गर्न खोजेको पनि देखिन्छ । तर, सुधार गर्न केले रोकेको छ त ? बजार अनुगमनको काम अहिले स्थानीय सरकारको जिम्मा छ । उनीहरूले अनुगमन निर्देशिका बनाएको पाइन्छ तर उनीहरूसँग अनुगमन प्रणाली रहेको देखिँदैन । यस्तोमा बजार अनुगमन प्रभावकारी पार्ने हो र वस्तु तथा सेवाको विक्री गुणस्तरीय बनाउने हो भने गर्नैपर्ने केही काम देखिन्छ । गुणस्तरहीन, म्याद नाघेका, तथा नक्कली उपभोग्य वस्तु खरिद बारे सर्वप्रथम उपभोक्ता नै सचेत हुनुपर्छ । अर्को विक्रेता पनि आफूले उपलब्ध गराउने वस्तु तथा सेवाबारे जिम्मेवार बन्नुपर्छ । साथै बजार अनुगमन स्थानीय तहबाटै र सकेसम्म टोल तहबाटै हुनपर्छ । बजार अनुगमनका लागि प्रणाली परिवर्तन गर्न सरकारले मस्यौदा तयार पारेको छ । तर त्यो विधेयक पारित गर्न संसद्ले चासो देखाएको छैन । त्यस्तै राजनीतिक नेतृत्वले पनि यसमा चासो दिएको छैन । यस्तोमा निजीक्षेत्रको प्रतिनिधिमूलक संस्थाले यसको नेतृत्व लिनुपर्‍यो र घचघच्याउनुपर्‍यो । निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाले पनि बजारका विकृति रोक्न सहयोग गर्नैपर्छ । उदार अर्थतन्त्रमा निजीक्षेत्रलाई व्यापार व्यवसाय गर्ने स्वतन्त्रता हुन्छ । उसले गल्ती गरेकामा सरकारी निकायले अनुगमन गरेर कारबाही गर्ने हो । तर, कतिपय व्यापारीलाई सामानको गुणस्तर, विक्री म्याद आदिबारे जानकारी नै छैन । यस्तोमा बजारको विकृति रोक्ने विभिन्न अंगमध्ये निजीक्षेत्रको संगठन पनि एक हो । उसले आचार संहिता बनाएर तथा त्यसको प्रशिक्षण दिएर यो जिम्मेवारी पूरा गर्न सक्छ । अर्को, सरकारलाई घचघच्याएर बजार अनुगमनको सही प्रणाली बसाल्न दबाव दिन सक्छ । निजीक्षेत्रले यसको नेतृत्व लिँदैन भने अहिलेको बेथितिमा निजीक्षेत्रको सहमति कहीँ न कहीँ छ भन्ने देखिन्छ । त्यसैले वर्तमान सरकारी संयन्त्र र कार्यशैलीबाट हुने बजार अनुगमनबाट बजारका विकृति रोक्न सम्भव छैन । यसमा सुधार ल्याउने हो भने व्यक्ति, स्थानीय तह, व्यापारीसमेत सचेत हुन जरुरी छ । साथै सरकारी संरचना र प्रणालीमा परिवर्तन ल्याउन दबाब दिनु पनि उत्तिकै आवश्यक देखिन्छ ।

सम्बन्धित सामग्री

रुपन्देहीमा बजार अनुगमन सुरु

भैरहवा– चाडपर्वसँगै रुपन्देहीमा बजार अनुगमन सुरु भएको छ । वर्षभरि नियमित रूपमा हुनुपर्ने बजार अनुगमन मौसमी रूपमा मात्रै हुँदा रुपन्देहीका आम उपभोक्ता वर्षैभरि नजानिँदो किसिमले गुणस्तरहीन खाद्यवस्तु प्रयोग गर्न बाध्य भएका छन् । नियमित रूपमा हुनुपर्ने बजार अनुगमन हुन नसक्दा त्यसको असर आम उपभोक्तामा परेको छ । रुपन्देहीका ठूला सहरका रूपमा रहेका भैरहवा, बुटवल, तिलोत्तमालगायतका […]

बजार अनुगमन नहुँदा ठगिँदै उपभोक्ता

वीरगञ्ज – पछिल्लो केही समयदेखि बजार अनुगमन नहुँदा उपभोक्ताहरु मारमा परेका छन्। नियमित बजार अनुगमन नहुँदा उपभोक्ताहरु अखाद्यवस्तुसमेत खरिद गर्न बाध्य भएका छन् भने कतिपय उपभोक्ताहरु ठगिनेसमेत गरेका छन्। बजार अनुगमनको अभावमा बजारमा भएका दैनिक उपभोग्य सामानहरुदेखि लिएर अन्य सामानहरुको पनि व्यापारीहरुले मनोमानी तरिकाले मूल्य निर्धारण गर्ने गरेका छन्। जसका कारणले उपभोक्ताहरु मारमा परेका छन्। […]

इस्मामा बजार अनुगमन

गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ । उपभोक्ताको हितमा सचेत हुँदै गाउँपालिकाले बजार अनुगमन अभियानका रुपमा सुरु गरेको हो ।गाउँपालिकाका कर्मचारी तुल्सीबहादुर थापाको नेतृत्वमा अन्य कर्मचारी, पत्रकार, प्रहरी र नगर प्रहरीलगायतको समूहले गाउँपालिकाका विभिन्न स्थानमा रहेका पसलमा अनुगमन गरेको हो । टोलीका प्रमुख थापाका अनुसार उपभोक्ताको हितका लागि व्यवसायीलाई सचेत गराउने […]

चाडपर्व लक्षित बजार अनुगमन

सोमबार दसैँ,तिहार,छठजस्ता महान पर्वलाई लक्षित गरी जिल्लाका बजार अनुगमन थालेको हो। जिल्ला प्रशासन कार्यालय कालिकोट,खाँडाचक्र नगरपालिका,घरेलु तथा साना उद्योग कार्यलय,उद्योग वाणिज्य संघ कालिकोटलगाएतले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन्।...

इस्मामा बजार अनुगमन

गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ । उपभोक्ताको हितमा सचेत हुँदै गाउँपालिकाले बजार अनुगमन अभियानका रुपमा सुरु गरेको हो ।गाउँपालिकाका कर्मचारी तुल्सीबहादुर थापाको नेतृत्वमा अन्य कर्मचारी, पत्रकार, प्रहरी र नगर प्रहरीलगायतको समूहले गाउँपालिकाका विभिन्न स्थानमा रहेका पसलमा अनुगमन गरेको हो । टोलीका प्रमुख थापाका अनुसार उपभोक्ताको हितका लागि व्यवसायीलाई सचेत गराउने […]

महानगरले थाल्यो बजार अनुगमन

विराटनगरमा प्राय दशैं र तिहारको मुखमा बजार अनुगमन हुने गरेको छ। बजार अनुगमन महानगरपालिकाकी उपप्रमुखको नेतृत्वमा हुने गरेको र अनुगमन गर्दा खाद्यान्न पसल मात्रै गर्ने गरिएको छ।...

बैतडीमा शुरु भयो बजार अनुगमन

बैतडी : बैतडीमा बजार अनुगमन शुरु भएको छ। सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन हुन सकेको थिएन।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त रुपमा प्रत्येक महिना गरिने अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म अनुगमन भएको थिएन। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठपछि भएको थिएन।चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो थियो।अ

सरकारले देशव्यापी बजार अनुगमन गर्छ : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन् । बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताएका हुन् । उनले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने […]

बैतडीमा बजार अनुगमन तीव्र, निषेधाज्ञामा ११ पटक बजार अनुगमन

बैतडी : निषेधाज्ञाको समयमा बजारमा महँगी बढेको भन्दै उपभोक्ताको गुनासो आउन थालेपछि बैतडीमा बजार अनुगमन कार्यलाई तीव्र पारिएको छ। महामारीको बेला कालोबजारी नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ। निषेधाज्ञाको अवधिमा हालसम्म ११ पटक बजार अनुगमन गरिएको छ। जिल्लामा गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञामा कालोबजारी भएको गुनासो आएपछि  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन सुरु गरिएको थियो। हालसम्म

निषेधाज्ञाबीच बजार अनुगमन

भक्तपुरमा निषेधाज्ञामा पनि बजार अनुगमन रोकिएको छैन। नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार व्यासीमा ६ वटा पसल अनुगमन गरिएको छ।...