‘काभ्रे स्मार्ट सिटी’ संरचना निर्माण प्रक्रिया तीव्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पुराना तीन नगर बनेपा, धुलिखेल र पनौतीलाई स्मार्ट सिटीको रूपमा विकास गर्न संरचना निर्माण प्रक्रिया तीव्र पारिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको माष्टर प्लानअनुसार ‘काभ्रे स्मार्ट सिटी’ निर्माण कार्यान्वयनको चरणमा छ ।     सरकारद्वारा छनोट गरिएको मुलुकको विभिन्न १३ स्थानमध्ये काभ्रे स्मार्ट सिटी पनि एक हो । स्मार्ट सिटी योजनाअन्तर्गत तीनै नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनर्निर्माण थालेका हुन् । सरकारले आर्थिक वर्ष २०७३/७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा निजगढ, पालुङ्टार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । सरकारले काभ्रेपलाञ्चोकको ‘काभ्रे सिटी’ समेटेर पुनः आव २०७४/७५ मा १३ पुर्‍याएको थियो । बनेपा नगरले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्र्तगत नगरभित्रका पोखरी, पुराना ढुंगेधारा र मन्दिरको पुनर्निर्माण तथा मर्मतसम्भार शुरू गरेको छ । नगर उपप्रमुख रेखा दाहालले २ करोड बजेटबाट हाल ऐतिहासिक सम्पदाको मर्मत तथा पुनर्निर्माणको काम थालिएको बताए । उनका अनुसार ८ नम्बर वडास्थित ऐतिहासिक तला पुखु (पोखरी), दक्षु टोलमा रहेको तलाहिटीमा रहेको पुरानो ढुंगेधारा, लायकु राजमञ्च नजिकको तलेजु भवानी मन्दिरको मर्मतसम्भार गरिनेछ ।      यस्तै, वडा नम्बर ५ को पुरानो बजारमा रहेको तीनधरा (सोपुहिटी)को पुनर्निर्माण, बनेपाको गणेशस्थानमा रहेको त पुखु, र च्वापुखुको मर्मतसम्भार तथा पुनर्निर्माण शुरू भएको छ । बनेपा–१४ साँगामा अवस्थित पोखरीको समेत मर्मतसम्भार गर्न सम्झौता भइसकेको छ । ‘पुनर्निर्माण तथा मर्मतसम्भार शुरू गरिएका संरचना ऐतिहासिक महŒव झल्कने हिसाबले नै निर्माण गरिनेछ,’ दाहालले भने । पनौती नगरले स्मार्ट सिटी कार्यक्रमअन्तर्गत त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानका लागि सम्झौता गरेको बताएको छ । साथै, पनौतीस्थित पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गरिने नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । यसैगरी जिल्लाको धुलिखेल नगरले कार्यक्रम अन्तर्गत ठूलीवनमा चार दशमलव ५ किलोमिटर अपांगतामैत्री इको–ट्रेल निर्माण, एक नम्बर वडास्थित देवीटारमा माउण्टेन स्पोटर््स ट्रेनिङ सेन्टर, बुद्ध–शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा ऐतिहासिक रामनाम पोखरीको मर्मतसम्भार गरिने नगरका इञ्जिनीयर हरेराम हुमागाईंले बताए । ‘स्मार्ट सिटी’ नयाँ शहरको अवधारणामा विगतमा बनेको संरचनाभन्दा भिन्न सम्पूर्ण सेवा–सुविधायुक्त आधुनिक शहर हो । शहर स्मार्ट बन्न सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सूचना प्रणालीमा सरकार–जनतालगायत सम्पूर्ण सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ । तर, भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावनाअनुसार फरक–फरक हुन सक्नेछ । काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको काभ्रे स्मार्ट सिटी योजनाका लागि एकमुष्ट ५ करोड बजेट विनियोजन भएको छ, जसमध्ये बनेपालाई २ करोड तथा धुलिखेल र पनौती नगरलाई  १ करोड ५० लाखका दरले बजेट विनियोजन गरिएको हो । सुशासन, सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन, स्मार्ट प्रविधिबाटै आकस्मिक सेवाको उपलब्धता हुुनुपर्ने पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटा बताउँछन् । ‘स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ, जहाँ स्थानीयले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ,’ उनका अुसार ई–गभर्नेस पनि स्मार्ट सिटीको महŒवपूर्ण आधार हो । राष्ट्रिय योजना आयोगले भने स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ–व्यवस्था, स्मार्ट पूर्वाधार गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको छ । रासस

सम्बन्धित सामग्री

स्मार्ट सिटी विकासका लागि बजेट पुगेनः मन्त्री गुरुङ

शहरी विकासमन्त्री सीता गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारेपनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गरेकी छिन्।...

के हो ‘स्मार्ट सिटी’? बैङ्गलोर गर्दैछ अभ्यास

गत वैशाखमा स्थानीय निर्वाचन सुरु भएसँगै काठमाडौँ महानगरमा फोहर थुप्रिन थाल्यो। चुनाव प्रचार हुँदै थियो, उता फोहर पनि थुप्रिँदै। तर पार्टीका उम्मेदवारले ‘स्मार्ट सिटी’ बनाउने नारा र घोषणापत्र प्रचार गर्न भने छाडेका थिएनन्।...

एमालेको घोषणापत्र विराटनगरलाई ‘स्मार्ट सिटी’ बनाउने

नेकपा एमाले विराटनगरलाई स्मार्ट सिटी बनाउने घोषणा पत्र सार्वजनिक गरेको छ। एमालेले सार्वजनिक गरेको १ सय बुँदे प्रतिबद्धताको २ नम्बर बुँदामा बृहत विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरणमैत्री स्मार्टसिटी बनाउने उल्लेख छ।...

तुलसीपुर उपमहानगर : चर्चामा बित्यो पाँच वर्ष, अधुरै स्मार्ट सिटी

स्वास्थ्य र शिक्षामा उल्लेखनीय काम गरे पनि तुलसीपुर उपमहानगरपालिकाको स्मार्ट सिटी जस्ता अधिकांश योजना चर्चामै सीमित भए ।

पाँचखालमा स्मार्ट सिटी बन्दै, इन्फ्रा बैंक र सिंगापुरको कम्पनीबीच समझदारी

पाँचखालमा स्मार्ट सिटी विकास गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू)मा मंगलबार काठमाडौंमा हस्ताक्षर भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे) समूहको एसएमइसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमइसी)बीच समझदारी भएको हो ।...

निर्वाचित भएको जोशमा स्मार्ट सिटी घोषणा, कार्यकाल सकिँदासम्म भेलामै सिमित

पाल्पाको तानसेन नगरपालिकाले चार वर्ष अघि वडा नं ५ बन्दिपोखरा धरमपानीलाई स्मार्ट सिटी बनाउने घोषणा ग¥यो। निर्वाचित भएको जोशमा नमुना बस्ती घोषणा गरेका प्रतिनिधिले अहिलेसम्म एउटा भेला गर्नबाहेक अन्य काम...

भरतपुरलाई स्मार्ट सिटी बनाउने घोषणा नारामै सीमित (भिडियो)

डोलराज रानाभाटचितवन । चितवनको भरतपुरलाई स्मार्ट सिटी बनाउने घोषणा गर्दै आएका जनप्रतिनिधिहरुले कार्यकाल सकिने बेला हुँदासम्म ल्याण्डफिल्ड साइट समेत बनाउन सकेका छैनन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्वाचित भएर पद सम्हाले देखिका हरेक वर्षको नगरसभामा महानगरको फोहोर व्यवस्थापनका लागि ल्याण्ड फिल्डसाइट बनाउँछौँ भनेको वर्षौँ भइसक्यो तर ल्याण्डफिल्ड त परको कुरा भरतपुर ३ को नगरवन […]

पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर

पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाडौंबीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा […]

शहरी विकास मन्त्रालयलाई १२ स्थानमा स्मार्ट सिटी विकास गर्न स्वीकृति

काठमाडौं। सरकारले देशका १२ स्थानमा स्मार्ट सिटी बनाउन सहरी विकास मन्त्रालयलाई स्वीकृति दिएको छ। गत साता बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो। धनकुटा, झापाको गौरिगञ्ज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुण्डु बालकोट क्षेत्र, स्याङ्जाको वालिङ्ग, रुपन्देहीको लुम्बिनी, दाङको तुलसीपुर, दैलेखको दुल्लु, कञ्चनपुरको भीमदत्त र डडेलधुराको अमरगढीमा स्मार्ट सिटी बनाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।