शहरी विकास मन्त्रालयलाई १२ स्थानमा स्मार्ट सिटी विकास गर्न स्वीकृति

काठमाडौं। सरकारले देशका १२ स्थानमा स्मार्ट सिटी बनाउन सहरी विकास मन्त्रालयलाई स्वीकृति दिएको छ। गत साता बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो। धनकुटा, झापाको गौरिगञ्ज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुण्डु बालकोट क्षेत्र, स्याङ्जाको वालिङ्ग, रुपन्देहीको लुम्बिनी, दाङको तुलसीपुर, दैलेखको दुल्लु, कञ्चनपुरको भीमदत्त र डडेलधुराको अमरगढीमा स्मार्ट सिटी बनाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।

सम्बन्धित सामग्री

कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधारमा निर्माणमा असर गर्‍यो : मन्त्री नेम्वाङ

असार ११, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पुर्‍याएको बताएका छन् । शुक्रवार शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र कृषि तथा पशुपछी मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको बताए। विगतमा निर्माण भएका सडक, पुललगायतका धेरै पूर्वाधार बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको उनले बताए । उनका अनुसार कतिपय ठाउँ सडक सञ्जालबाट सम्पर्कबिहिन नै बनेका छन् । सरकारले निषेधाज्ञा पूरै नहटेसम्म नयाँ ठेक्कामा नजाने निर्णय गरेको उनले बताए ।       भौतिक रूपमा अहिले पाँच जनाले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आएको मन्त्री नेम्वाङले बताए । गत ८ गते सर्बोच्च अदालतले २० जना मन्त्रीलाई फिर्ता गरेपछि पाँच जनाले नै एकभन्दा बढी मन्त्रालयको नेतृत्व गर्नुपर्ने अवस्था आएको उनले बताए। गत पुस ५ मा विघटन भएको संसद् सर्बोच्च अदालतले पुनःस्थापना गरे पनि त्यसले बहुमतको सरकार दिन नसकेको उनले बताए ।       कोभिडले मानव स्वास्थ्य र आर्थिक क्षेत्र दुवैमा धेरै असर पु¥याएको मन्त्री नेम्वाङले बताए । सरकारले अहिले सडक, रेल, सिंचाइगायतका पूर्वाधार निर्माणको क्षेत्रमा अघि बढाइरहेको पनि उनले बताए ।      ‘स्मार्ट सिटी’ अघि बढाउन आवश्यक      मन्त्री नेम्वाङले काठमाडौं उपत्यका र उपत्यका बाहिरका ‘स्मार्ट सिटी’ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले काठमाडौं उपत्यकामा ललितपुर एक ठाउँमा बाहेक अरु तीन ठाउँमा कार्यान्वयन गर्न सकिने देखिएको बताउनुभयो ।            उनले निजी बैङ्कले समेत ‘स्मार्ट सिटी’ कार्यान्वयनमा सहकार्य गर्न चासो देखाइरहेको बताए ।   यसैवीच उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयका अधिकारीले केही दिनमा नै मेलम्ची–हेलम्बु क्षेत्रको संयुक्त रूपमा भ्रमण गर्ने योजना बनाएको  बताएका छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले मेलम्चीमा धेरै क्षति पुगेको भनिए पनि अझैसम्म एकीन जानकारी आउन नसेको बताए।            मेलम्चीको दोस्रो खण्डको निर्माणमा सुरुङको प्रक्रियामा लामो समय अल्झन नहुनेमा उनको जोड थियो । रासस

‘काभ्रे स्मार्ट सिटी’ संरचना निर्माण प्रक्रिया तीव्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पुराना तीन नगर बनेपा, धुलिखेल र पनौतीलाई स्मार्ट सिटीको रूपमा विकास गर्न संरचना निर्माण प्रक्रिया तीव्र पारिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको माष्टर प्लानअनुसार ‘काभ्रे स्मार्ट सिटी’ निर्माण कार्यान्वयनको चरणमा छ ।     सरकारद्वारा छनोट गरिएको मुलुकको विभिन्न १३ स्थानमध्ये काभ्रे स्मार्ट सिटी पनि एक हो । स्मार्ट सिटी योजनाअन्तर्गत तीनै नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनर्निर्माण थालेका हुन् । सरकारले आर्थिक वर्ष २०७३/७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा निजगढ, पालुङ्टार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । सरकारले काभ्रेपलाञ्चोकको ‘काभ्रे सिटी’ समेटेर पुनः आव २०७४/७५ मा १३ पुर्‍याएको थियो । बनेपा नगरले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्र्तगत नगरभित्रका पोखरी, पुराना ढुंगेधारा र मन्दिरको पुनर्निर्माण तथा मर्मतसम्भार शुरू गरेको छ । नगर उपप्रमुख रेखा दाहालले २ करोड बजेटबाट हाल ऐतिहासिक सम्पदाको मर्मत तथा पुनर्निर्माणको काम थालिएको बताए । उनका अनुसार ८ नम्बर वडास्थित ऐतिहासिक तला पुखु (पोखरी), दक्षु टोलमा रहेको तलाहिटीमा रहेको पुरानो ढुंगेधारा, लायकु राजमञ्च नजिकको तलेजु भवानी मन्दिरको मर्मतसम्भार गरिनेछ ।      यस्तै, वडा नम्बर ५ को पुरानो बजारमा रहेको तीनधरा (सोपुहिटी)को पुनर्निर्माण, बनेपाको गणेशस्थानमा रहेको त पुखु, र च्वापुखुको मर्मतसम्भार तथा पुनर्निर्माण शुरू भएको छ । बनेपा–१४ साँगामा अवस्थित पोखरीको समेत मर्मतसम्भार गर्न सम्झौता भइसकेको छ । ‘पुनर्निर्माण तथा मर्मतसम्भार शुरू गरिएका संरचना ऐतिहासिक महŒव झल्कने हिसाबले नै निर्माण गरिनेछ,’ दाहालले भने । पनौती नगरले स्मार्ट सिटी कार्यक्रमअन्तर्गत त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानका लागि सम्झौता गरेको बताएको छ । साथै, पनौतीस्थित पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गरिने नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । यसैगरी जिल्लाको धुलिखेल नगरले कार्यक्रम अन्तर्गत ठूलीवनमा चार दशमलव ५ किलोमिटर अपांगतामैत्री इको–ट्रेल निर्माण, एक नम्बर वडास्थित देवीटारमा माउण्टेन स्पोटर््स ट्रेनिङ सेन्टर, बुद्ध–शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा ऐतिहासिक रामनाम पोखरीको मर्मतसम्भार गरिने नगरका इञ्जिनीयर हरेराम हुमागाईंले बताए । ‘स्मार्ट सिटी’ नयाँ शहरको अवधारणामा विगतमा बनेको संरचनाभन्दा भिन्न सम्पूर्ण सेवा–सुविधायुक्त आधुनिक शहर हो । शहर स्मार्ट बन्न सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सूचना प्रणालीमा सरकार–जनतालगायत सम्पूर्ण सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ । तर, भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावनाअनुसार फरक–फरक हुन सक्नेछ । काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको काभ्रे स्मार्ट सिटी योजनाका लागि एकमुष्ट ५ करोड बजेट विनियोजन भएको छ, जसमध्ये बनेपालाई २ करोड तथा धुलिखेल र पनौती नगरलाई  १ करोड ५० लाखका दरले बजेट विनियोजन गरिएको हो । सुशासन, सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन, स्मार्ट प्रविधिबाटै आकस्मिक सेवाको उपलब्धता हुुनुपर्ने पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटा बताउँछन् । ‘स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ, जहाँ स्थानीयले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ,’ उनका अुसार ई–गभर्नेस पनि स्मार्ट सिटीको महŒवपूर्ण आधार हो । राष्ट्रिय योजना आयोगले भने स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ–व्यवस्था, स्मार्ट पूर्वाधार गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको छ । रासस