विश्वमा भूमिगत पानीको तहमा तीव्र ह्रास

जमिनमुनिको पानीको स्रोत पृथ्वीको पारिस्थितिकिय प्रणाली र जीवनयापनको महत्त्वपूर्ण रहेता पनि हाल यसको अत्यधिक दोहन भइरहेको र यसले भविश्यमा कृषि तथा खानेपानीको सङ्कट निम्तिने देखिएको छ।...

सम्बन्धित सामग्री

पानीको ‘रिचार्ज’ प्रणाली जोगाउँदै धनगढी : RajdhaniDaily.com

RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाले भूमिगत पानी संरक्षण नीति अवलम्बन गरेको छ । पानीको स्रोत कम हुन थालेपछि उपमहानगरपालिकाले भूमिगत पानी -

भूमिगत पानीको चरम दोहन : कानुन छ, कार्यान्वयन छैन

उपत्यकामा दैनिक ६० करोड लिटरभन्दा धेरै भूमिगत पानी खपत, सेना–प्रहरी र सिंहदरबारभित्रैका सरकारी कार्यालयले अनुमति नलिई डिप बोरिङबाट तान्छन् पानी काठमाडौं उपत्यकामा अग्ला भवन बनाउने क्रममा जमिनमुनिको पानी अत्यधिक तान्ने र...

बबईको पानी लिफ्टिङ गरिँदै

३ पुस, दाङ । दाङको तुलसीपुरमा बबई नदीको पानी लिफ्टिङ गर्ने काम अघि बढेको छ । यसका लागि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय परिसरमा भूमिगत पानी ट्याङ्की निर्माणको काम सुरु भएको हो । कुल ५६ करोड ८० लाख २४ हजार ६ सय ३० लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । तुलसीपुर खानेपानी […]

आज विश्व शौचालय दिवस : सार्वजनिक शौचालय नहुँदा भोग्नुपर्ने समस्या उस्तै

काठमाण्डाै - आज विश्व शौचालय दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर-१९ मा विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष ‘सरसफाइ र भूमिगत पानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदैछ । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्नुपर्ने अवस्था अहिले पनि छ । सरकारले २०७६ साल असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरे पनि अझै धेरै मानिसहरु शौचालयको प्रयोग ...

अस्तित्व गुमाएकाे यंगाः हितिले पुनर्जीवन पाउँदै

काठमाडौं । अस्तित्व गुमाएकाे यंगाः हितिले पुनर्जीवन पाउँने भएकाे छ । हिति सभ्यता हाम्रो पूर्खाको प्राचिन वैज्ञानिक ज्ञानको उपज पनि हो । यसैबाट हामीले शुद्ध खानेपानीको उपभोग र भूमिगत पानी प्रणालीलाई व्यवस्थित गर्न सकेको थियाे । प्राचीनकालमा दक्षिण कोलियग्राम, हाल काठमाडौंस्थित यंगालमा रहेको यंगाः हितिले पनि आफ्नो पुरानो गौरव फर्काउन खोजिरहेको छ । कुनै बेला […]

चीनमा जल संकट, खेतीयोग्य जमिन मरुभूमिमा परिणत

चीनमा पानीको संकट गहिरिँदै गएको छ। उत्तरी चीनको अवस्था अरब देशको भन्दा खराब बनेको छ। चीनको यो जल संकट एसियाका अन्य देशका लागि पनि डरलाग्दो हुनसक्छ।चीनमा विश्वको जनसङ्ख्याको २० प्रतिशत छ तर त्यहाँ पानी मात्र ७ प्रतिशत छ। चीनका हजारौं नदी हराइसकेका छन्। औद्योगिकीकरण र प्रदूषणले बाँकी पानीलाई बेकार बनाएको छ।केही अनुमानका अनुसार चीनको ८० देखि ९० प्रतिशत पानी पिउन योग्य छैन। आधाभन्दा बढी भूमिगत पानी र एक चौथाइ नदीको पानी प्रदूषित छ। जसलाई उद्योग वा कृषिमा पनि प्रयोग गर्न सकिँदैन।विज्ञहरूको अनुमा

पानीको स्रोत जोगाउन जुट्यो काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीको स्रोत जोगाउन थालेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार नन्दी स्कुलमा आकासेपानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गरेका हुन्। उनले नन्दी स्कुलको जमिनबाट पानीभित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको बहाव बढ्ने अपेक्षा गरे । महानगरको वातावरण इन्जिनियर निशा कोइरालाले उक्त विद्यालयको २९७ वर्गमिटर जलाधार […]

भूमिगत पानी पुन:भरण प्रणाली निर्माण गर्दै काठमाण्डाै महानगर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ । मेयर विद्यासुन्दर शाक्यले नन्दी स्कुलमा आकासे पानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गर्दै आकासे पानी संकलन र भूमिगत पानी पुनर्भरण कार्यक्रमलाई प्राथामिकता दिएको बताउनुभयो । उहाँले प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकासेपानी सङ्कलन र भूमिगत पानी पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाएको बताउनु...

पानी आपूर्ति बढाउन मुहान मर्मत गर्दै खानेपानी बोर्ड

धरान, बैशाख १४। भूमिगत पानी पर्याप्त नभएपछि धरान खानेपानी बोर्ड सतहको पानीका मुहान मर्मतमा जुटेको छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरेपछि पनि धरानमा खानेपानीको अभाव चुलिएपछि उपभोक्ता बोर्डको विरोधमा उत्रिएका थिए । भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसकेपछि बोर्ड अहिले मुहान ममर्तमा केन्द्रित बनेको हो । सुक्खा मौसम भएकाले भूमिगत पानी करबि ५० प्रतिशत […]

भूमिगत पानी पर्याप्त नआएपछि मुहान मर्मत गर्दै खानेपानी बोर्ड

वैशाख ६, धरान । सुक्खा मौसममा धरानमा हुने खानेपानीको अभावलाई पूर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा भुमिगत पानीको लागि परियोजना सञ्चालन भएको थियो । तर भूमिगत पानी पर्याप्त हुन नसक्दा धरान खानेपानी बोर्ड सतहको पानीका मुहानहरु मर्मतमा जुटेको छ ।  खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरेपछि पनि धरानमा खानेपानीको अभाव चुलिएपछि उपभोक्ताहरु बोर्डको विरोधमा उत्रिएका थिए । बोर्डले भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसकेपछि अहिले मुहान ममर्ततर्फ केन्द्रित बनेको हो ।  सुक्खा मौसममा भूमिगत पानी ५० प्रतिशत पनि आपूर्ति गर्न नसकेपछि बोर्डले खानेपानी सहज बनाउन पम्प मर्मतसँगै मुहान ममर्तमा जुटेको छ । खानेपानीको मुख्य स्रोत मानिएको सर्दु र खर्दुको मुहान मर्मत गर्न बोर्ड अघि सरेको हो ।  सुक्खा मौसम लागेसँगै फागुनदेखि नै खानेपानी अभाव हुन थालेको धरानमा फागुन १७ गतेदेखि नेपाल खानेपानी संस्थानलाई बोर्डमा गाभेर खानेपानीको सम्पूर्ण जिम्मा लिएको हो । बोर्डले जिम्मा लिइसकेपछि सहज रुपमा खानेपानी आपूर्ति हुुने अपेक्षा राखेका स्थानियका लागि संस्थानले वितरण गर्दा र बोर्डले जिम्मा लिएर वितरण गर्दामा कुनै फरक नपाएपछि बोर्डप्रति उपभोक्ताहरुले आक्रोस पोख्दै आएका छन् ।  बोर्डले सर्दु र खर्दुको मुहान आसपासका क्षेत्रमा चुहावट बन्द गर्नका लागि मर्मत गर्न लागिएको जानकारी दिएको छ । बोर्डका इञ्जिनियर प्रशान्त अधिकारीले नगर प्रमुख तिलक राईको नेतृत्वमा सर्दु र खर्दुको मुहानहरु मर्मत गर्न चुहावट भएका क्षेत्रको पहिचानका लागि वस्तुगत अवस्था बुझेका छन् ।  इन्जिनियर अधिकारीले भने, ‘खानेपानीको स्रोतको चुहावट कम गर्न शनिवार र आइतवार त्यस क्षेत्रमा गएका थियांै, चुहावट भएको स्थानको पहिचान गरी हामी चाडै मर्मत कार्यमा केन्द्रित हुन्छौं ।’ धरान १३ स्थित वीपी पार्क माथिल्लो भागमा रहेको जलाधार क्षेत्रको मुहानमा वीपी पार्क निर्माण भएपछि चहलपहल बढेकोले खानेपानी मुहान नै फोहोर भएको उनले बताए ।  बोर्डले यसभन्दा अगाडि पत्रकार सम्मेलनमार्फत भूमिगत स्रोतबाट दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन भइरहेको जानकारी दिइएको थियो । जसमा संस्थानको वेलहरुबाट दैनिक ६० लाख लिटर उत्पादन हुँदा आयोजनाको थप ७ ओटा वेलहरुबाट दैनिक ९२ लाख २० हजार लिटर भूमिगत पानी उत्पादन भइरहेको छ । धरान खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुबाट वर्षायाममा दैनिक १ करोड ७४ लाख ९० हजार लिटर र सुक्खायाममा ४५ लाख लिटर पानी जम्मा हुने गरेको जानकारी दिएको थियो । धरानमा दैनिक दुई करोड लिटर पानीको आवश्यकता भएपनि सुक्खा मौसममा १ करोड पानी मात्र उपलब्ध हुने गरेको छ । यो समस्या नेपाल खानेपानी संस्थान धरान शाखाले वितरण गर्दा पनि थियो भने बोर्डले जिम्मा लिइसक्दा पनि स्थानिहरुले केही फरक महशुस गरेका छैनन् ।