सिरहा-२ मा झिनो मतले पछि परिन् कांग्रेसकी चित्रलेखा यादव

काठमाडौं । सिरहा-२ मा नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवले पछि पारेका छन् । यसअघिसम्म अग्रता लिइरहेकी चित्रलेखालाई ८४ मतको अन्तरले राजकिशोरले उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार राजकिशोरले २ हजार ४५ मत पाउँदा चित्रलेखाले १ हजार ९६१ मत ल्याएकी छन् । जनमत पार्टीका विनोद कुमार यादव १ हजार […]

सम्बन्धित सामग्री

सिराहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच रोचक प्रतिस्पर्धा हुने

काठमाडौँ- सिराहा–२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको हो । सिराहा–२ मा प्रतिनिधसभामा गठबन्धन तथा […]

एमाले र जसपा प्रतिगमन पक्षधर हुन्: चित्रलेखा यादव

नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव सत्ता गठबन्धनको तर्फबाट सिरहा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । उनका प्रतिस्पर्धीका रूपमा जसपा–एमाले गठबन्धनबाट जसपाका नेता राजकिशोर यादव उम्मेदवार छन् ।कांग्रेस नेतृ यादव अहिले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकता भएको बताउँछिन् । उनी संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्ने एमालेलाई पछिल्लो समय जसपाले साथ दिएको भन्दै यी दुवै दल देशमा राजनीतिक स्थिरता र संविधान रक्षाका दृष्टिले बाधक बनेको टिप्पणी गर्छिन् ।आसन्न निर्वाचन, गठबन्धनक

कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा

काठमाडौं, ४ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन् । कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रम्ख सचेतकमा यादव र सचेतकमा विश्वकर्मालाई संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतकमा बालकृष्ण खाँण थिए । उनी अहिले गृहमन्त्री […]

कांग्रेस प्रमुख सचेतक र सचेतकमा चित्रलेखा यादव र मीनबहादुर नियुक्त

काठमाडौँ – नेपाली कांग्रेसको प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन्। नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज सो जिम्मेवारी दिएका हुन्। यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन्। सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो।

कांग्रेस केन्द्रीय सदस्यमा देउवा समूहकी चित्रलेखा यादव विजयी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश नम्बर २ (महिला) एक पदमा चित्रलेखा यादव विजयी भएकी छन् ।

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित हुनुभएको छ । प्रदेश-२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित हुनुभएको हो । उहाँ शेरबहादुर देउवा समूहकी हुनुहुन्छ । उहाँले शेखर कोइराला समूहकी गीता चौधरीलाई पराजित गर्नुभएको हो । चित्रलेखाले २ हजार ७३१ मत प्राप्त गर्दा चौधरीले १ हजार ८८५ मत प्राप्त गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादब विजयी

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी भएकी छन् । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका  अनुसार शुक्रबार प्रदेश–२ केन्द्रीय सदस्य (महिला) १ पदका लागि मतगणना भएको थियो।   मतपरिणाम अनुसार...

चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ– चित्रलेखा यादव नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । शुक्रबार राति सम्पन्न मतगणमा उनी प्रदेश २ भूगोलबाट महिला कोटामा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्। देउवा समूहकी उनले कोइराला समूहकी गीता यादवलाई पराजित गरिन् । चित्रलेखाले २७३१ मत पाइन् भने गीताले १८८५ मत पाइन् । यो प्रदेशमा दुईजना खुला केन्द्रीय सदस्यमा आनन्द ढुंगाना र […]

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । शुक्रबार भएको मतगणनामा उनी विजयी भएकी हुन् । प्रदेश २ को भूगोलको महिला तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी चित्रलेखाले ४६६२ मतमध्ये २७३१ मत पाइन् भने निकटतम प्रतिस्पर्धी गीता यादवले  १८८५ मत मात्र ल्याइन् ।

काँग्रेस केन्द्रीय सदस्यमा देउवा समूहकी चित्रलेखा यादव विजयी

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । सभापति शेरबहादुर देउवा समूहकी यादवले शेखर कोइराला समूहकी गिता यादवलाई ८४६ मतान्तरले पराजित गरेकी हुन् ।प्रदेश दुईको भूगोलको महिला तर्फबाट केन्द्रीय सदस्य बनेकी चित्रलेखाले ४६६२ मत खसेकोमा २७३१ मत पाएकी छन् भने चौधरीले १८८५ मत मात्र ल्याएकी छन् । यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।