सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै तीन काभ्रेली

तीन काभ्रेलीले यो सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । काभ्रेको पनौती नगरपालिका–३, कुशादेवीका ५५ वर्षीय उद्धव थापा, पनौती नगरपालिका–८ का लक्ष्मण सापकोटा र जिल्लाको रोसी गाउँपालिका–१२ का वसन्तकुमार तामाङ सर्वोच्च शिवर सगरमाथाको आरोहण गर्न लाग्नुभएको हो ।

सम्बन्धित सामग्री

गायक राजु लामाले सगरमाथा आरोहण गरे

काठमाडौँ। चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन्। बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका हुन्।

सगरमाथा आरोहणको आकर्षण र योगदान

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण संसारका सबै आरोहीहरूको सपना हो । उत्तरी तथा दक्षिणी गोलाद्र्धपछि तेस्रो गोलाद्र्ध मानिने विश्वको सर्वोच्च शिखर सगरमाथा संसारका आरोहीहरूको सपनामात्र नभएर एउटा चुनौती हो । त्यसैले हरेक वर्ष नेपालमा आउने आरोहीहरूको पहिलो रोजाइ सगरमाथा हुने गर्छ । सबै आरोहीका सपना पूरा हुँदैनन् । तर, केही यस्ता आरोही पनि छन्, जसले […]

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २६ औँ पटक सगरमाथा चढ्ने

विश्व कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले यस वर्षको वसन्त ऋतुमा २६ औं पटक सगरमाथाको आरोहण गर्ने हुनुभएको छ । शेर्पाले सबैभन्दा धेरै पटक सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) आरोहण गरेर बनाएको विश्व कीर्तिमान आफैँ तोड्ने सगरमाथाको आरोहण गर्न लाग्नुभएको हो । उहाँले गत वर्ष २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गराउनुभएको थियो । सेभेन समिट ट्रेकमा आवद्ध रहेर आरोहणमा सहभागी हुनुभएका उहाँले यो वर्ष आरोहणका लागि सात जना शेर्पासहित आरोहण मार्ग बनाउने टोलीको नेतृत्व समेत गर्दै आरोहण गर्ने तयारीमा जुटेको कामीरिता शेर्पाले बताउनुभयो । गत वर्षसमेत आरोहण मार्ग निर्माणमा उहाँले नै नेतृत्व गर्नुभएको थियो । हिमचितुवाको उपमा पाउनुभएका आङरिता शेर्पा र आप्पा शेर्पापछि उहाँले आरोहणमा थप नयाँ कीर्तिमान बनाउनुभएको थियो ।

सगरमाथामा हालसम्मकै धेरै आरोहीलाई अनुमति

काठमाडौं । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले शुक्रवारसम्म जारी गरेको हिमाल आरोहणको परमिट पाउनेमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् । सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४०८ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जानकारी दिएको छ । यसमा ९३ महिला र ३१५ पुरुष छन् । यो संख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए । विभागका अनुसार सगरमाथाका ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १४ आरोही समूह छन् । यस्तै धवलागिरि हिमालका लागि पाँच र अन्नपूर्ण हिमाल आरोहणका लागि चार आरोही समूहले अनुमति पाएका छन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म ७१ करोड ४८ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएकोे छ । सगरमाथाबाट मात्रै ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ । कोभिड–१९ महामारीका बीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ । विभागका निर्देशक मीरा आचार्यले नेपालका ८ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै संख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाउनुका साथै अन्तरराष्ट्रिय बजारमा सकारात्मक सन्देश छाएको बताए । मौसमले साथ दिए यसै सातादेखि सगरमाथाको आरोहण हुने उनको भनाइ छ । अहिले अधिकांश आरोही सगरमाथाको आधार शिविर पुगिसकेका छन् । सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा  पुगिसकेका छन् । रासस