सगरमाथा आरोहणको आकर्षण र योगदान

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण संसारका सबै आरोहीहरूको सपना हो । उत्तरी तथा दक्षिणी गोलाद्र्धपछि तेस्रो गोलाद्र्ध मानिने विश्वको सर्वोच्च शिखर सगरमाथा संसारका आरोहीहरूको सपनामात्र नभएर एउटा चुनौती हो । त्यसैले हरेक वर्ष नेपालमा आउने आरोहीहरूको पहिलो रोजाइ सगरमाथा हुने गर्छ । सबै आरोहीका सपना पूरा हुँदैनन् । तर, केही यस्ता आरोही पनि छन्, जसले […]

सम्बन्धित सामग्री

हराउँदै पार्कको आकर्षण

भजनी, २२ वैशाख । कैलालीको टीकापुरमा रहेको टीकापुर पार्क यस क्षेत्रको गौरव हो । यहीँ पार्कले टीकापुरलाई राष्ट्रियरूपमा चिनएको छ । राजा महेन्द्रले स्वास्थ्यलाभ गर्नाका सार्थै यस क्षेत्रमा आएर राज्य सञ्चालन गरेको ठाउँलाई पार्कका रूपमा स्थापित गर्नमा स्व खड्गबहादुर सिंहको योगदान छ । वार्षिक एक लाखभन्दा बढी बाह्य तथा आन्तरिक पर्यटक अवलोकन तथा वनभोजका लागि […]

सेजमा बढेन लगानीकर्ताको आकर्षण

काठमाडौं, मंसिर २९। आधारभूत पूर्वाधारसहित विशेष आर्थिक क्षेत्र (सेज)मा तयार पारिएका प्लट लगभग उपयोगहीन बनेका छन् । निर्यात प्रवद्र्धनका माध्यमबाट मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाउने र तीव्र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने लक्ष्य राखेर स्थापना भएका सेजमा लगानीकर्ता नै नआएपछि तिनीहरू उपयोगहीन जस्तै बनेका हुन् । तयार भएका दुईओटा भैरहवा र सिमरा सेजमा उद्योग स्थापना तथा […]

साउथ वेस्टर्न स्टेट कलेजमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षा

साउथ वेस्टर्न स्टेट कलेज सिकाइका आधुनिक सिद्धान्तलाई व्यावहारिक तथा स्वयम् विद्यार्थीको सहभागितामूलक शिक्षामा जोड दिँदै आएका कारण १२ वर्षमा विद्यार्थीले रोजेको र खोजेको कलेजको रूपमा स्थापित हुन सफल भएको छ ।नेपालको प्लस टु शिक्षामा निजी क्षेत्रको योगदान विद्यार्थीको आकर्षण, परीक्षाको नतिजा, गुणस्तर र अभिावकको रुचिले पुष्टि गरिसकेको छ । नेपालको शैक्षिक गुणस्तर सुधार गर्न निजी […]

पर्यटनमा पर्वतारोहणको योगदान

नेपालमा हाल पर्यटन र पर्वतारोहणको मुख्य सिजन छ । त्यसैले नेपालको हिमाली क्षेत्रमा पदयात्रा गर्न जाने पदयात्री र पर्वतारोहण गर्न जाने पर्वतारोहीहरूको भीड छ । हुन त नेपालको समग्र राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान कुल अंशको लगभग ४ प्रतिशत मात्रै रहेको मानिन्छ । गतवर्ष कोरोना महामारीबीच पनि नेपाल सरकारलाई नेपालको पर्वतारोहण क्षेत्रबाट रोयल्टीबापत मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ प्राप्त भएको थियो । यसरी हेर्दा पर्यटनभित्र पनि राजस्वको मुख्य स्रोत पर्वतारोहण पर्यटनलाई लिन सकिन्छ । अर्थात् नेपालको समग्र पर्यटन क्षेत्रमा पर्वतारोहण पर्यटनको मुख्य योगदान रहेको देखिन्छ । त्यसमा पनि गएको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न गएका पर्वतारोहीबाट मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै यो वर्ष पनि समग्र नेपालको पर्वतारोहणबाट नेपाल सरकारले विभिन्न हिमाल आरोहण गर्न अनुमति दिएबापत ४७ करोड बराबर आम्दानी गर्‍यो । सगरमाथा हिमाल आरोेहण गर्न आएका विदेशी पर्वतारोही तथा नेपाली पर्वतारोहीबाट मात्रै ३९ करोड ५५ लाख नेपाली रुपैयाँ बराबरको कमाइ गरेको छ । हुन पनि गतवर्ष कोरोना महामारीको संकट बाँकी नै भएको अवस्थामा पनि हिउँद र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका पर्वतारोही दलका सदस्यले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । त्यसो त गतवर्षको पर्वतारोहणको सिजनको शुरू ताका भारतको गुजरात, मुम्बईलगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण गतवर्ष धेरै दिनसम्म आरोहण नै रोकियो । समग्रमा विश्वका ती ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये आठ ओटा (६० प्रतिशत) नेपालमा हुनु हाम्रा लागि गौरवको कुरो हो । १४ अग्ला हिम चुचुराहरू सबै नै एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपालको पश्चिमबाट पूर्व भएर जान्छ । हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा (८ हजार ८ सय ४८ दशमलव ८६ ) हो भने हो । उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । त्यस्तै, विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाइ ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन र नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए । विश्वको सातौं अग्लो हिमाल चाहिँ धवलागिरि हो । यसको उचाइ ८ हजार १ सय ६७ मीटर रहेको छ । सन् १९६० को १३ मे मा स्वीट्जरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १० औं अग्लो हिमाल चाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । समुद्री सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइला राख्न सफल भएको थियो । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थिए । यसरी नेपालका हिमालहरूले पर्यटक आकर्षण गरेका छन् । हिमाल आरोहणका लागि आउने पर्यटकहरूबाट नेपालको पर्यटन व्यवसायले राम्रो लाभ लिएको छ । यसलाई अझै व्यवस्थित गर्न आवश्यक छ ।   लेखक पर्यटनकर्मी हुन् ।

निकासी उत्थानमा गलैंचा उद्योगको योगदान

नेपालको व्यापारघाटा कम गर्न चालिनुपर्ने उपायहरूमा गुणस्तरयुक्त गलैंचालगायतका उत्पादनहरूका लागि अरू थप कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ । नेपालबाट एकै ब्रान्डमा गलैंचा उत्पादन गरी निकासी गर्न सके अमेरिकीलगायत अरू समुद्रपार देशका बजारमा प्रतिस्पर्धा सजिलो हुने सुझाव व्यवसायीले दिने गर्छन् । गलैंचाप्रति आकर्षण बढे पनि कम उत्पादन र ब्रान्डको समस्याले मागअनुसार निकासी हुन सकेको छैन । राजनीतिक अस्थिरता, […]

पूर्वमन्त्री थापाद्वारा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

पोखरा : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व कानुन मन्त्री यज्ञबहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन्। आजदेखि काठमाडौंमा आयोजना हुन गइरहेको कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा थापाले उम्मेद्वारी घोषणा गरेका हुन्। केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्दै उनले भने, ‘कांग्रेसको गौरवपूर्ण इतिहास र विरासतको संरक्षण गर्दै नयाँ पुस्तालाई समेत आकर्षण बनाइराख्न मेरो योगदान रहनेछ।’मुलुकको व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका थापा

नेपालीवादको प्रवद्र्धन गरौं

पहिला आधारभूत कुरामा आफू प्रस्ट हुन जरुरी छ अनि बल्ल समाजलाई सही दिशानिर्देश गर्न सकिन्छ र सारा जनताले सुख पाउने अवस्था सिर्जना हुन्छ । नेपाली राजनीतिको परिवर्तनमा अतुलनीय योगदान भएका पुष्पकमल दाहालप्रति हाल जनताको आकर्षण घट्दै गएको छ । यसमा एक त उनका व्यक्तिगत कमजोरी रहे भने अन्य कुरामा मुख्यतः जनताको आर्थिक जीवनस्तर सुधार गर्नका […]

पर्यटन विकासका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण : कानूनमन्त्री थापा

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आइतबार सराङकोटको पर्यटन विकास समितिले निर्माण गरिरहेको भ्यू टावरको अवलोकनका क्रममा मन्त्री थापाले पोखरामा प्याराग्लाइडिङको उडान क्षेत्रका रुपमा परिचित सराङकोटमा पर्यटकको आकर्षण बढाउन निजी क्षेत्रले महत्वपूर्ण योगदान गरेको बताएका हुन् ।उनले पर्यटनको विकासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्न चाहेको बताए । ‘पोखराको ले

जहाजमा यात्रु बढेपछि प्रादेशिक उडानमा एयरलाइन्सको आकर्षण

२९ साउन, काठमाडौं । नेपालमा काठमाडौं केन्द्रित हवाई उडान अब क्रमशः क्षेत्रिय उडानमा बिस्तार हुने क्रममा छ । वायुसेवा कम्पनीहरुले एक प्रदेशबाट अर्को प्रदेशलाई लक्षित गरी शुरु गरेको यस्तो उडानबाट यात्रुलाई भने लाभ पुगेको छ । विगतमा नेपाल वायु सेवा निगम (नेवानी)ले क्षेत्रिय उडानमा योगदान गरिरहेको थियो । तर, नेवानीको आन्तरिक उडान धरासायी बनेसँगै नेपालमा […]

भारतीय बजारकै भरमा उच्च मूल्यका नगदे बाली

कृषि क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । कृषिले देशको कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशतभन्दा बढीको योगदान दिएको छ । नेपालका दुईतिहाइ नागरिक कृषिमा निर्भर छन् । नेपालको कृषि उत्पादन प्रणाली विस्तारै निर्वाहमुखीबाट व्यवसायमुखी र परम्परागत खाद्यवस्तुको उत्पादनबाट परिष्कृत हुँदै गइरहेको छ । अझ भनौं निर्यातजन्य उच्च मूल्यका नगदे बालीको उत्पादनतर्फ निजी क्षेत्रको आकर्षण बढ्दो देखिन्छ […]