आफ्नै कीर्तिमान तोड्दै कामीरिता २६ औँ पटक सगरमाथा चढ्ने

विश्व कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले यस वर्षको वसन्त ऋतुमा २६ औं पटक सगरमाथाको आरोहण गर्ने हुनुभएको छ । शेर्पाले सबैभन्दा धेरै पटक सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) आरोहण गरेर बनाएको विश्व कीर्तिमान आफैँ तोड्ने सगरमाथाको आरोहण गर्न लाग्नुभएको हो । उहाँले गत वर्ष २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गराउनुभएको थियो । सेभेन समिट ट्रेकमा आवद्ध रहेर आरोहणमा सहभागी हुनुभएका उहाँले यो वर्ष आरोहणका लागि सात जना शेर्पासहित आरोहण मार्ग बनाउने टोलीको नेतृत्व समेत गर्दै आरोहण गर्ने तयारीमा जुटेको कामीरिता शेर्पाले बताउनुभयो । गत वर्षसमेत आरोहण मार्ग निर्माणमा उहाँले नै नेतृत्व गर्नुभएको थियो । हिमचितुवाको उपमा पाउनुभएका आङरिता शेर्पा र आप्पा शेर्पापछि उहाँले आरोहणमा थप नयाँ कीर्तिमान बनाउनुभएको थियो ।

सम्बन्धित सामग्री

कीर्तिमानी आरोही कामिरिता काठमाडौंमा [तस्बिरहरू]

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका कामिरिता शेर्पा काठमाडौं फर्किएका छन्। मंगलबार २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका उनी बिहीबार काठमाडौं फर्किएका हुन्। उनले सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने यसअघिको...

कामीरिता २८औं पटक सगरमाथाको चुचुरोमा

आरोही कामीरिता शेर्पाले २८ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । गत बुधबार (जेठ ३ गते) २७औं पटक सगरमाथा आरोहणको विश्व कीर्तिमानको रेकर्ड बनाएका शेर्पाको कीर्तिमान सोमबार पासाङ दावा शेर्पा २७औं पटक सगरमाथा चुचुरोमा पुगेर बराबर बनाएका थिए । पर्यटन विभागका अनुसार उनले सोमबार गरेको सफल आरोहणसँगै अर्का विख्यात आरोही कामिरिता […]

कामीरिता २७औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंले दिएको जानकारीअनुसार आरोही शेर्पा आफ्नो यसअघिको कीतिमानी तोड्दै बुधबार बिहान साढे ८ बजे २७ औंपटक सगरमाथाको शिखरमा पुगेका हुन् । ‘एक जना विदेशी आरोहीलाई लिएर शेर्पा बिहान सगरमाथा शिखरमा पुगेको सो ट्रेक्सले जनाएको […] The post कामीरिता २७औं पटक सगरमाथा चुचुरोमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा पुनः २६औं पटक सगरमाथा शिखरमा पुगेका छन् । उनले यसअघि २५औं पटक गरेको आफ्नै कीर्तिमान तोड्दै शनिबार साँझ ६ः५५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन् । २६औं पटक सगरमाथाको आरोहण गरेर उनले अर्को कीर्तिमान कायम गरेका हुन् । शेर्पा आइसफल डाक्टरको ११ सदस्यीय बाटो सफा […] The post कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आफैले बनाएकाे विश्व रेकर्ड ताेड्न २६ औँ पटक सगरमाथा आराेहण गर्दै कामीरिता शेर्पा

साेलुखुम्बु – सोलुखुम्बु थामेका कामीरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्न लाग्नुभएको छ । यसअघि २५ औं पटक सगरमाथा आरोहण गरिसक्नुभएका ५२ वर्षीय शेर्पाले २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न आइतबार काठमाण्डौबाट जहाजमा लुक्ला आउने बताइएको छ । कोरोना महामारीका कारण तीन वर्षअघि सगरमाथा आरोहण गर्न नपाएका विदेशीको अनुरोधमा कामीरिता यसपटक सगरमाथा चढ्न लाग्नुभएको हो ।  विगत ३० वर्षदेखि हिमाल आरोहणमा आबद्ध कामीरिता यसपटक पनि विगतझैं आरोहीका लागि बाटो बनाउने जिम्मेवारीम...

२६ औं आरोहण सफल नभएपछि काठमाडौं फर्किए कामिरिता शेर्पा (फोटोफिचर)

२६ औं पटक सगरमाथा आरोहण गरेका आरोही कामिरिता शेर्पा २६औं पटकको प्रयास पश्चात् काठमाडौं फर्केका छन् । प्रतिकुल मौसमका कारण सगरमाथा आरोहण सफल नभएपछि शेर्पा मंगलबार काठमाडौं फर्केका हुन । कामीरिता...

काठमाडौँ आइपुगे कीर्तिमानी कामीरिता, तस्बिरमा हेर्नुहोस्

सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका नेपालका कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । उनले कीर्तिमानी २५ औँ पटक सगरमाथा आरोहण गरेका हुन् । ‘रोप फिक्सिङ टिम’को नेताका रुपमा अन्य शेर्पासँगै उनले सगरमाथाको चुचुरोमा पाइला राखे ।शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने क्रममा सगरमाथाको चुचुरामा पुगेपछि  यस वर्षको वसन्त याममा आरोहणका लागि बाटो खुला भएको थियो ।तस्बिरमा हेर्नुहोस् :

सगरमाथा आरोहण आजदेखि

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सुरु भएको छ। कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पाले २५औं पटक सगरमाथा चढेपछि आरोहण सुरु भएको हो। यस वर्षको वसन्त ऋतुमा २० दिनमा ४३ आरोही समूहका ४०८ आरोही सगरमाथा चढी सक्नुपर्नेछ। आरोहीबाट सरकारले ६६ करोड राजश्व संकलन गर्ने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

सगरमाथा आरोहण शुरू : कामीरिताको २५ औँ विश्व कीर्तिमान

यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण शुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।

कामीरिता २५ औं पटक सगरमाथा चुचुरोमा

आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । यसअघि २४ औं पटक सफल आरोहण गरेका शेर्पा शुक्रबार साँझ २५ औं आरोहणको रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार, कामीरिताको टोली यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो टोली भएको छ । बिहीबार साँझ उनीसहित १२ जना शेर्पा सगरमाथा आरोहणका लागि चौथो […]