कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको निर्णय: कार्यक्षेत्र विस्तार देखि गाँजा बजारीकरणसम्म

काठमाडौ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आफ्नो कार्यक्षेत्रभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहने व्यवस्थाका लागि सभामुखसँग अनुरोध गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले सिँचाइ बिना कृषि क्षेत्रको समग्र सुधार कार्यमा चुनौती खडा हुने भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई समितिको कार्यक्षेत्रभित्र रहने व्यवस्थाका लागि सभामुखसँग आग्रह गर्ने निर्णय गरेको हो । बैठकले कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संस्थागत विकास र जिम्मेवारीलगायत विषयबारे आगामी बैठकमा जानकारी लिने पनि निर्णय गरेको छ । बैठकले यसअघि छलफल गरी सरकारलाई दिएको निर्देशन कार्यान्वयनको अवस्थाबारे लिखितरुपमा सात दिनभित्र उपलब्ध गराउन सरकारवाला मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ । समितिले मुलुकमा गाँजाखेतीको सम्भावना र सम्भव, बहुउपयोगिता, उत्पादन, प्रशोधन, वितरणलाई कानुनी मान्यता प्रदान गर्ने सन्दर्भमा सरोकारवाला निकायसँग आगामी दिनमा गहन र विस्तृत छलफल गर्ने निर्णय गरेको छ । बैठकले भूमिसम्बन्धी आयोगबाट सम्पादन हुने कार्यलाई व्यवस्थित गर्न मन्त्रालय र आयोगका पदाधिकारीलाई बोलाएर आगामी बैठकमा छलफल गर्ने निर्णय पनि गरेको छ । समितिमा कार्बन उत्सर्गसम्बन्धी भएको नीति र रहेका समयन्त्रबारे वन तथा वातावरण मन्त्रालयसँग माग निर्णय गरेको छ  । समिति अध्यक्ष डा आरजु राणा देउवाको अध्यक्षतामा बसेको बैठकमा यसअघि सांसदहरूले गाँजा बहुपयोगी जडीबुटी भएकाले नेपाल सबैजसो भागमा उत्पादनको प्रशस्त सम्भावना रहेकाले यसलाई कानुनी मान्यता प्रदान गरी व्यवस्थित गर्न आवश्यक रहेको सुझाव दिइन् । समिति सदस्य दिक्पाल शाहीले बोक्राबाट कपडा, पातबाट औषधि, डाँठबाट दाउरा प्रयोग गर्न सकिने बहुपयोगी गाँजाखेती हाम्रो आवश्यकता भएको जनाउँदै कानुनी मान्यता प्रदान गर्न आवश्यक रहेको  बताए । अर्का सदस्य विनिता कडायतले कर्णाली क्षेत्रमा गुणस्तरीय गाँजा पाइने भएकाले त्यसको बजारीकरण गरी अप्ठेरोमा परेको अर्थतन्त्रलाई चलायमान तुल्याउन सकिने धारणा राखिन् । सभापति राणाले गाँजाखेतीबारे बजेट वक्तव्यमा उल्लेख भएकाले यसको प्रयोगबारे वैज्ञानिक र बौद्धिक थप बहसको आवश्यकता औंल्याइन् । बैठकमा दैलेखमा बँदेल र बाँदर आतङ्क, कृषि र जडीबुटीका माध्यमद्वारा अर्थतन्त्रलाई चलायमान तुल्याइनुपर्ने तथा गुठी, जग्गाको कित्ताकाट, कृषि श्रमिकका समस्या, कार्बन उत्सर्जन लगायतका विषयले प्रवेश पाएका थिए । रासस

सम्बन्धित सामग्री

‘समितिले सरकारलाई दूध किसानको पैसा तत्काल तिर्न दिएकाे निर्देशन कहाँ पुग्यो?’

काठमाडौं : नेपाली काग्रेसकी सांसद आरजू राणा देउवाले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन प्रक्रिया कहाँ पुग्यो ? भनेर सरकारलाई प्रश्न गरेकी छन्।कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी सांसद् राणाले आइतबारको प्रतिनिधिसभामा आफ्नो समितिले किसानहरूलाई दूधको भुक्तानी अविलम्ब गर्न भनेर दिएको निर्देशन कार्यान्वनयको प्रक्रियाबारे चासो राखेकी हुन्। ‘कार्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले दूध किसानको पेमेन्टका लागि निर्देशन पठाएको थियो। यो अहिले कहा

सभापति राणाले ‘पोइन्ट टु द पोइन्ट’ भन्दा बिच्किए सांसद सुवाल

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणामाथि आक्रोशित भएका छन्। सोमवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक थियो। बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूची रहेको थियो। संशोधनकर्ता सांसदहरुलाई बोलाइएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल समेत उपस्थित थिए। […]

कृषिक्षेत्रको बजेट पाँच प्रतिशत पुर्‍याउन संसदीय समितिले पहल गर्ने

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । समितिको बुधबार बसेको बैठकमा कृषिमन्त्री बेदुराम भुसालले बजेट अभावका कारण कृषिको...

सरकारले कृषिमा ५ प्रतिशत बजेट व्यवस्था गर्नुपर्छः आरजु राणा

काठमाडौँ – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन्। बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले कृषिमा किसानले खोजेको सेवा सुविधाअनुसारको बजेट आवश्यक रहेको बताइन्। उनले भनिन्,‘कृषिमा जुन किसिमको सेवा सुविधा […]

विषाक्त खाद्यान्न आयतमा पूर्ण रोक लगाउनुपर्छ : आरजु राणा

१३ पुस, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विषाक्त र अस्वस्थकर खाद्यान्नको आयातमा कडाइ गर्नुपर्ने बताएकी छन् । शुक्रबार समितिले केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याबारे छलफल गरेको थियो । त्यसक्रममा सभापति राणाले सहज आयातकै कारण नेपाली किसानको केरामा भारतीय केरामा देखिएको ‘टिआर फोर’ नामक […]

सरकारले कृषि मन्त्रालयलाई बजेट दिन कन्जुस्याँइ गर्‍यो: सभापति देउवा

काठमाडौं,१३ पुस । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले सरकारले कृषि क्षेत्रलाई प्रर्या बजेट दिन आनाकानी गरेको बताएकी छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले सरकारले छुटै बजेट छुट्याएर कृषि अनुसन्धानमा जोड दिन आवश्यक रहेको बताइन् । उनले कृषिमा […]

सीमा नाकामा हुने तस्करी नियन्त्रणका लागि ड्रोनबाट निगरानी गरौं : सभापति राणा

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कृषि अनुसन्धानमा सरकारले छुट्टै लगानी गर्नुपर्ने बताएकी छिन्। अनुसन्धानमा लगानी नहुँदा कृषि क्षेत्रमा प्रगति हुन नसक्ने उनको भनाइ...

प्रकृति संरक्षण गर्न लगानी जरुरी छ : सभापति राणा

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले प्रकृति संरक्षण गर्न लगानी आवश्यक रहेको बताएकी छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण सम्मान...

सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राख्नुपर्छः सुवेदी

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएकी छिन्।...

‘नेपालले आफूलाई चाहिने खाद्यान्न आफैँ उत्पादन गर्न सक्नुपर्छ’

काठमाण्डौ – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे देश कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ ।  सोमवार काठमाण्डौमा आयोजित धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रममा बोल्दै सभापति सुवेदीले सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिको विकास नगरे देश कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको हो । उहाँले देशलाई कृषिमा आत्मनिर्भर बनाएर विदेशमा निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्ने बताउनुभयो ।  नेपाललाई आवश्यक ...