युरोकपमा स्वीडेन र स्पेन भिड्दै

एजेन्सी।युरोकप फुटबलअन्तर्गत आज स्वीडेन र स्पेन भिड्दै छन्।समूह 'इ'मा रहेको स्वीडेन र स्पेनबीचको खेल सेभियास्थित स्ताडियो ला कार्टुजा डे रंगशालामा नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ। यी दुई टोली हालसम्म १४ पटक आमनेसामने भएका छन्।जसमा स्पेनले ६ र स्वीडेनले तीन खेल जितेको छ। पाँच खेल बराबरीमा सकिएको छन्। समूह 'इ' मा स्पेन र स्विडेनसँगै स्लोभाकिया र पोल्याण्ड रहेको छ।

सम्बन्धित सामग्री

आगामी युरोकप छनौटको लागि समुह निर्धारण, कुन देश कुन समुहमा ? (सूचीसहित)

आगामी युरोकपको छनौट प्रतियोगिताको लागि समुह निर्धारण भएको छ । युरोपेली फुटबल संघले जर्मनीमा आज आयोजित एक कार्यक्रममा ड्र मार्फत १० वटा समुह निर्धारण गरेको हो ।छनौट प्रतियोगितामा ५३ टिमले सहभागिता जनाउने छन् । जस मध्येबाट २४ वटा देशमात्र युरोकपको लागि छनौट हुने छन् । युरोकपको आगामी संस्करण सन् २०२४ मा जर्नामीमा हुने छ । आयोजकको हिसाबले जर्मनी प्रतियोगिताको लागि स्वत छनौट भएको छ । रुसलाई भने फिफाले प्रतिबन्ध लगाएको कारण छनौटमा सहभागी गराईएको छैन । अब १० वटा समुहमा रहेका हरेक देशले आफ्नो समुहमा रहेका अन्य देशसँग समान २-२ खेल खेल्ने छन् । त्यसपछि समुह विजेता र समुहका उप बिजेता युरोकपको लागि छनौट हुने छन् । यसरी हरेक समुहको बिजेता र उपविजेता गरि २० टिम युरोकपको लागि छनौट हुने छन् । जर्मनी छनौट भईसकेको छ । युरोकपमा कुल २४ राष्ट्र खेल्ने भएकोले बाँकि ३ देश भने प्ले अफ मार्फत छनौट हुने छन् । आगामी युरोकप सन् २०२४ को जुन १४ देखि जुलाई १४ सम्म हुने छ । छनौट चरणका खेलहरु भने सन् २०२३ को मार्च २३ देखि सुरु भई सन् २०२४ को २६ मार्चमा अन्त्य हुने छ । यस अघि युरोकप सन् २०२० मा भएको थियो । उक्त प्रतियोगिताको उपाधि इटालीले जितेको थियो । जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक युरोकपको उपाधि जितेका छन् । युरोकप छनौटको लागि ८ वटा समुहमा ५ टिम छन् भने बाँकि २ वटा समुहमा ६ टिम छन् । हेर्नुस् सन् २०२४ को युरोकप छनौटको लागि गरिएको समुह विभाजन । समुह ए : स्पेन, स्कटल्याण्ड, नर्वे, जर्जिया, साइप्रस समुह बि : नेदरल्याण्ड, फ्रान्स, रिपब्लिक अफ आयरल्याण्ड, ग्रिस, गिब्रलटार समुह सी : इटाली, ईङल्याण्ड, युक्रेन, नर्थ मेसोडोनिया, माल्टासमुह डि: क्रोएसिया, वेल्स, अर्मेनिया, तार्कि, लटभिया समुह ई : पोल्याण्ड, चेक रिपब्लिक, अल्बेनिया, फेरु आईल्याण्ड, मोल्डोभासमुह एफ : बेल्जियम , अष्ट्रिया, स्वीडेन, अजरबैजान, इस्टोनिया समुह जी: हंगेरी, सर्बिया, मोन्टेनेग्रो, बुल्गेरिया, लिथुएनियासमुह एच : डेनमार्क, फिनल्याण्ड, सोल्भेनिया, काजकस्थान, नर्थन आयरल्याण्ड, सान मारियोसमुह आई: स्विजरल्याण्ड, इजरायल, रोमानिया, कोसोभो, बेलारुस, एन्डोरा समुह जे : पोर्चुगल, बोस्निया एण्ड हर्सगोभिना, आइसल्याण्ड, लक्जेम्बर्ग, सोल्भाकिया, लिकटिस्टाईन

युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।कोको भिड

युरोकपको प्रिक्वाटरफाइनलको समीकरण पूरा

काठमाडाैं।युरोकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ। समूह ‘ए’बाट इटाली र वेल्स, समूह ‘बी’बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’बाट नेदरल्यान्ड्स र अस्ट्रिया, समूह ‘डी’बाट इङ्ल्यान्ड र क्रोएसिया तथा समूह ‘इ’बाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स र जर्मनी प्रिक्वाटरफाइनलमा पुग्दा शीर्ष चार तेस्रो टोलीका रुपमा पोर्चुगल, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र र युक्रेनले अन्तिम १६ मा स्थान बनाएका छन्।

स्लोभाकियालाई ५ गोल गर्दै स्पेन समूह उपविजेता, स्वीडेन समूह विजेता

९ असार, काठमाडौं । अघिल्ला दुई खेलमा बराबरी खेलेको स्पेन समूहको अन्तिम खेलमा स्लोभाकियालाई ५-० ले पराजित गर्दै समूह उपविजेताको रुपमा युरोकप २०२० मा अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार भएको खेलमा स्लोभाकियामाथि फराकिलो जित हात पारेपछि स्पेन समूह उपविजेता बनेको हो । अर्को खेलमा पोल्याण्डलाई ३-२ ले पराजित गर्दै स्वीडेन समूह विजेता […]

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

यूरोकपः पोल्यान्ड पराजित, स्पेन र स्वीडेन बराबरी : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । युरोकप फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पोल्यान्ड पराजित भएको छ भने स्पेन र स्वीडेनले गोलरहित बराबरी खेले । समूह इ को खेलमा गएराति - यूरोकप

बराबरीमा रोकिए स्पेन र स्वीडेन, पोल्याण्डलाई स्लोभाकियाले हरायो

यूईएफए युरोकप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन र स्वीडेन बराबरीमा रोकिएका छन्। स्पेनको सेभियामा सम्पन्न खेलमा घरेलु टोली स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको हो। खेल अवधिभर बलमा आफ्नो पकड बनाएर स्वीडेनलाई दवाब दिएको स्पेन फिनिसिङमा चुकेको थियो। ८५ प्रतिशतभन्दा बढीसमय बल बल आफ्नो नियन्त्रमणमा राखेको स्पेनले आक्रमणको प्रयास पटकपटक बुनेर पनि गोल…