जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ को मृत्यु, दुई बेपत्ता

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । यस्तै, दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । मृत्यु हुनेमा गणेश बहादुर शाही, उहाँका छोरा रमेश, श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलन रहेका छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा […]

सम्बन्धित सामग्री

पहिरोले जुम्लामा एकै परिवारका पाँचजनाको मृत्यु

लगातारको वर्षापछि आएको पहिरोमा परी जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बाराकोटेमा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका …

जुम्लामा पहिरो, एकै परिवारका ५ जनाको मृत्यु

२२ असोज, काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका […]

पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका-२ रुममा अविरल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् । उक्त स्थानमा पहिरो आई २ ओटा घरहरू बगाई  मानिसहरू समेत बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा