सानैदेखि अभिनय र संगीत मन पर्थ्यो । नौ कक्षा पढ्दैदेखि कविता लेख्थें, वाचन गर्थें । तर, अभिनय, संगीत मन परे पनि त्यस क्षेत्रमा मलाई हात समाएर डोहोर्याउने कोही थिएन । विसं २०३७ । म त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर बहुमुखी क्याम्पसमा बोटनी विषयमा एमएस्सी पढ्दै थिएँ, प्रथम वर्षमा । त्यतिबेला उपत्यकाका विभिन्न क्याम्पसहरू मिलेर ‘अन्तरक्याम्पस नेपालभाषा साहित्य सम्मेलन’ आयोजना गर्थे ।