सभापतिमा साझा उम्मेदवार तय गर्न पौडेलसहित नेताहरु बैठकमा

काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनसत्र समाप्त हुनेबित्तिकै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केही नेता साझा उम्मेदवार तय गर्ने कोशिशमा बैठकमा व्यस्त बनेका छन्। पौडेलसहित नेताहरु पुरानो बानेश्वरस्थित अनुपम फुडल्यान्डमा बैठक बसेका हुन्। बैठकमा पौडेल र उनीनिकट केन्द्रीय सदस्यहरुको सहभागिता छ।

सम्बन्धित सामग्री

बडुले भने- ढुक्क हुनुस्, साझा उम्मेदवार तय गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले संस्थापनइतर समूहबाट सभापतिमा साझा उम्मेदवार बन्नेमा ढुक्क हुन आग्रह गरेका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी सो समूहको बैठकबाट बाहिरिने क्रममा बडुले सहमतिका लागि निरन्तर संवाद भइरहेको बताए । ‘हामी निरन्तर छलफलमा छौं । सहमतिमै साझा उम्मेदवार दिनुपर्छ भन्नेमा सबैको साझा धारणा छ । ढुक्क हुनहोस्, […]

रामचन्द्रले भने – सहमति नजिक पुगेका छौँ, भोलि साझा उम्मेदवार तय हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार बनाउनका लागि भएको छलफल सहमति नजिक पुगेको बताएका छन् । चाक्सीबारीमा दिनभर भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले सहमति नजिक पुगेको र बुधवार बिहान बसेर टुंगो लगाइने बताए । उनले सहमतिको बारेमा थप केही बताउन चाहेनन् । महामन्त्री शशांक कोइरालाले […]

एउटा मात्रै उम्मेदवार बनाउन सजिलो छैन : प्रकाशमान सिंह

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा साझा उम्मेदवार तय गर्नेबारे छलफल भएपनि सहमतिको सम्भावना न्यून रहेको बताएका छन् । उनले संस्थापन इतर समूहबाट सभापति पदमा एउटा मात्रै उम्मेदवार बनाउने प्रयास भइरहेको बताए । मंगलबार सिंहदरवारको पश्चिम गेट अगाडि रहेको स्काई बैंकेट (पुरानो नेसनल ट्रेडिङ) को अफिसमा सम्पर्क कार्यालय खोल्दै नेता सिंहले […]

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने भएको छ ।बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले नेपाली कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाको रुपमा […]

कांग्रेसको पौडेल पक्षले भन्यो : सभापतिमा एकल उम्मेदवार तय गर्छौं

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता जनाएका हुन्। कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाका रूपमा स्थापित गर्न सहमति र ठाउँअनुसार उम्मेदवारी दिने उनले बताए। पार्टी बचाउन, लोकतन्त्र जोग

सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापन इतर पक्ष छलफलमा

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १४औँ महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएका छन्। यसै क्रममा मंगलबार संस्थापन इतर पक्षका नेताहरु छलफलमा जुटेका छन्। बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल...