प्रतिनिधिहरूलाई भीम रावलको पर्चा बाँड्न स्वयंसेवकले राेके

काठमाडौं : नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका उपाध्यक्ष भीम रावलको पर्चा वितरणमा रोक लगाइएको छ। स्वयंसेवकहरूले महाधिवेशन प्रतिनिधिहरूलाई पर्चा नबाँड्न चेतावनी दिएका हुन्। प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको थियो। पर्चा बाँड्दै मूलगेटसम्म पुगेका रावल पक्षका कार्यकर्ताहरूलाई एमाले स्वयंसेवकहरूले पर्चा बाँड्न रोक लगाएका छन्। भीम रावलले, ‘अध्यक्ष पदमा मेरो उम्मेदवारी किन?’ लेखिएको पर्चा वितरण गराएका थिए। अध्यक्ष केपी शर्मा ओलील

सम्बन्धित सामग्री

‘राजनीतिको अपराधीकरण भयो’

१४ मंसिर, चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएपछि अध्यक्ष केपी शर्मा ओली पक्षबाट भीम रावल पक्षलाई भोट नदिनू भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडियो । यो पर्चामा अध्यक्ष ओलीले गत आइतबार रातिको बन्दसत्रमा सर्वसम्मतीका लागि गरेको प्रस्ताव भन्दा बाहिरका उम्मेदवारलाई भोट नदिने भनेर उल्लेख गरिएको छ । यसलाई ओली पक्षले पार्टीको आधिकारिक […]

भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटियो

काठमाण्डाै - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको चुनावमा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको भेटिएको छ। चुनावमा कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्ने पर्चा बाँडिएको भेटिएको हो । पर्चामा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका पदाधिकारी एवम् सदस्यलाई भोट हाल्न भनिएको छ भने त्यसबाहेकका उम्मेदवारलाई नहाल्न भनिएको छ । अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टङ्क कार्की र भीम आचार्यलाई भोट नहाल्न पर्चामा भनिएको छ।

रावल‚ भुसाललगायतलाई भोट नहाल्न भन्दै पर्चा वितरण

चितवन : नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भइरहेको चुनावमा केपी शर्मा ओलीले पेश गरेका पदाधिकारी तथा समस्यबाहेकका उम्मेदवारलाई मत नहाल्न संकेत गरिएको पत्र मतदाताहरूलाई वितरण गरिएको छ।उक्त पत्रमा अध्यक्षका उम्मेदवार भीम रावल‚ उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल‚ सचिवका उम्मेदवार भीम आचार्य र टंक कार्कीलाई मतदान नगर्न अंकित गरिएको छ। मतदान भइराख्दा अध्यक्षका प्रत्यासी ओलीका कार्यकर्ताले उक्त पत्र वितरण गरेका हुन्।यस कार्यप्रति घनश्याम भुसालले आपत्ति जनाएका छन्। यस्तै‚ भोट हाल्न द

भोटिङ मेसिनमा मतदानकाे अभ्यास गर्दै प्रतिनिधि (तस्वीरहरू)

चितवन : नेकपा (एमाले)को नेतृत्व चयन सर्वसम्मत रुपमा गर्न असफल भएपछि निर्वाचन हुँदैछ। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवबाहेक अन्य पदाधिकारीमा निर्वाचन हुँदैछ। अध्यक्षमा केपी शर्मा ओलीसहित भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेको छ। ओलीको सर्वसम्मत सूचीमा नअटेपछि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन आचारसंहिता लागू भइसकेका हुनाले महाधिवेशनमा पर्चा पम्प्लेट वितरणमा समेत रोक लगाएको छ। विद्युतीय भोटिङ मेसिनबाट निर्वाचन हुने भ

भोट माग्दै भीम रावल‚ के छ ३१ पृष्ठको पर्चामा? (पूर्णपाठसहित)

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहे पनि उपाध्यक्ष रावलले भने भोट माग्‍नमा व्यस्त छन्। रावलनिकट कार्यकर्ताहरुले ‘अध्यक्ष पदमा मेरो उम्मेदवारी किन?’ लेखिएको ३१ पृष्ठको पर्चा प्रतिनिधिहरूलाई वितरण गरिरहेका छन्। तर, प्रतिनिधिहरूलाई रावलको पर्चा बाँड्न स्वयंसेवकले रोक  लगाएका छन्।पार्टीले थप क्षति व्यहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र

भीम रावलको पर्चा बाड्ने कार्यकर्तालाई एमाले स्वयंसेवकले धकेलेर बाहिर पठाए

चितवन, मंसिर १२ । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा एमाले स्वयंसेवकहरुले भीम रावल पक्षका कार्यकर्तालाई रावलको पर्चा वितरण गरेको भन्दै बन्दसत्रको मुख्यद्वारबाट बाहिर निकालिएको छ । भीम रावलको पर्चा वितरण गर्दै बन्दसत्रको मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले झन्डै एक सय मिटर बाहिर पठाइदिएका हुन् । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले […]

निर्वाचनकै मुडमा रावल : के छ ३१ पन्ने पर्चामा ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजविजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष भीम रावल भने निर्वाचनको मुडमा नै देखिएका छन् । शनिबार बन्दसत्रमा प्यानल तय गर्ने सर्वाधिकार अध्यक्ष ‌ओलीलाई दिँदा पनि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका रावलले कडा आपत्ति जनाएका थिए ।आइतबार बन्दसत्र हल बाहिर रावलले अध्यक्ष पदमा मेरो उम्मेदवारी किन भन्दै ३१ पन्ने पर्चा नै प्रतिनिधिहरुलाई बाँडिरहेका छन् । यद्पि स्वयंसेवकहरूले भने प्रतिनिधिबाट ती पर्चाहरू खोसि