रोजर फेडरर विम्बल्डन टेनिस क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी। स्वीस रोजर फेडेरर विम्बल्डन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन्। फेडेरर गएराति भएको खेलमा हुबर्ट हुर्काजसँग सोझो सेटमा पराजित भए।२० पटकका ग्राण्डसलाम विजेता ३९ वर्षीय फेडेररलाई १४ औं बरियताका पोल्याण्डका हुबर्टले ६–३, ७–६ (७–४) र ६–० को सेटमा पराजित गरेका हुन्। हुबर्टले पहिलोपटक ग्राण्डस्लामको सेमिफाइनलमा स्थान बनाएका हुन्। हुबर्टले सातौं बरियताका मातेओ बेरित्तिनीसँग फाइनल प्रवेशका लागि आइतबार प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित सामग्री

विम्बल्डनमा फेडरर पराजित

लन्डन, (एजेन्सी) विम्बल्डनमा आठपटक उपाधि जितिसकेका रोजर फेडरर जारी विम्बल्डन टेनिस प्रतियोगितामा पराजित भएका छन् । आफ्नो प्रिय कोर्टमा धेरै समयपछि खेल्न आएका फेडरर क्वार्टरफाइनलमा हारेका हुन् । स्वीस खेलाडीलाई पोल्यान्डका हुबर्ट हुरकाजले सीधा सेटमा हराए । पहिलो र दोस्रो सेट ६–३, ७–६ ले गुमाएका फेडरर तेस्रो सेटमा ह्वाइस वास ६–० ले ह्वाइटवास हुन पुगेका […]