सुदूरपश्चिम प्रदेश सरकार फेर्नेबारे कुनै छलफल भएको छैन : देउवा

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारको हेरफेर हुने चर्चा चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे छलफल नै नभएको बताएका छन्। शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सभापतिसमेत रहेका देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाडौं गएर छलफल हुने बताए । बिहीबार मात्र वाग्मती सरकारमा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको थियो […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम लगानी सम्मेलनबारे उद्योगपति चौधरीसँग छलफल

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ । लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाहीलगायतको टोलीले आइतबार काठमाडौँमा कांग्रेस नेता चौधरीसँग छलफल गरेको हो । मुख्यमन्त्री शाहले लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा लगानीका …

सुदूरपश्चिम : समर्थनबारे निर्णय गर्न छलफल गर्दै नागरिक उन्मुक्तिका सांसद

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्‍यमन्त्रीका लागि दाबी पेस गर्ने समय करिब आधा घण्टा मात्र बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू पार्टीको दलको कार्यालयमा छलफल गरिरहेका छन्। उनीहरूले सत्ता गठबन्धनलाई समर्थन गर्ने नगर्ने भन्नेबारे निर्णय गर्न छलफल गरिरहेका हुन्।केन्द्रमा भएको सहमतिको लिखित प्रतिबद्धता नआएसम्म प्रदेशबाट गठबन्धनलाई कुनै निर्णय गर्न नसकिने भन्दै नागरिक उन्मुक्तिका सांसदहरू केहीबेर अघिसम्म सम्पर्कविहीन भएका थिए।सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्न

सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षसँग गरिएको छलफल निष्कर्षविहीन

बजेट ल्याएको २९ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रतिपक्षी दलसँग बजेटमाथि छलफल गर्ने वातावरण बनाउन भन्दै छलफल सुरु गरेको छ । बुधबार बिहान सरकार र प्रतिपक्षी तीन दल (नेकपा एमाले, लोसपा र जसपा) बीच बजेटका असहमति बारेमा छलफल भएको हो । तर, छलफलले समस्याको हल भने निकाल्न सकेको छैन ।प्रतिपक्षी दलहरूले सरकारले सदनमा प्रस्तुत गरेको बजेट संशोधनसहित १४ बुँदे माग अघि सारेको थियो । सो विषयमा केहीबेर सामान्य छलफल भए पनि ठोस निचोड ननिस्केको एमाले संसदीय दलका उपनेता पठानसिंह बोहराले बताए ।‘छलफलमा प्रति

सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षसँग गरिएको छलफल निष्कर्षविहीन

धनगढी- बजेट ल्याएको २९ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रतिपक्षी दलसँग बजेटमाथि छलफल गर्ने वातावरण बनाउन भन्दै छलफल सुरु गरेको छ । बुधबार बिहान सरकार र प्रतिपक्षी तीन दल (नेकपा एमाले, लोसपा र जसपा) बीच बजेटका असहमति बारेमा छलफल भएको हो । तर, छलफलले समस्याको हल भने निकाल्न सकेको छैन । प्रतिपक्षी दलहरूले सरकारले सदनमा प्रस्तुत […]

सुदूरपश्चिम प्रदेश : बजेटमाथिको छलफल अघि बढाउन छलफल सुरु

सुदूरपश्चिम प्रदेश सरकारले बजेटमाथिको छलफल अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल थालेको छ ।  प्रतिपक्षी दलहरु प्रदेश सभा बैठकमा सहभागि नहुँदा तीन पटक बैठक स्थगित भएपछि बैठकलाई अघि बढाउन सरकारले सहभागीका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल थालेको हो ।बिहानैदेखि मुख्यमन्त्रीको उपस्थितिमा नेकपा एमालेका संसदीय दलका नेता प्रकाश शाहसहित प्रदेश सभा सदस्यहरुसँग छलफल भइरहेको प्रदेश सभा सदस्य लीलाधर भट्टले जानकारी दिए ।  बजेटमाथिको छलफल अघि बढाउन सत्तारुढ दलसँग मात्र छलफल गरिरहेको थिय

सुदूरपश्चिम प्रदेश : अझै हुन सकेन बजेटमाथि छलफल

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन तीन साता भइसक्दा पनि अघि बढ्न सकेको छैन । प्रदेश सरकारको कमजोरी र सत्तापक्षको असन्तुष्टिका कारण बैठक अघि बढ्न सकेको छैन । सरकारको लापरबाहीका कारण बजेटमाथिको छलफल अघि बढ्न नसकेको सत्तापक्ष सांसदहरुले बताएका छन् । ‘अहिले बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । सरकारलेनै छलफल अघि बढाएको छैन’ प्रदेश सभा सदस्य दुर्गा विकले भनिन्  । प्रदेशसभा सदस्यमात्र नभई आर्थिक मामिला मन्त्री प्रकाश रावलले सरकारकै कमजोरीका कारण सभा अघि बढ्न नसकेको बताए । उनले

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल सुरु भएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सभामा छलफल सुरु भएको हो ।नीति तथा कार्यक्रममाथिको छलफलका लागि मुख्यमन्त्री त्रिलोचन भट्टले टेबल गरेका थिए । छलफलमा भाग लिएका प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रम परिपक्व रहेको तर, कार्यान्वयनमा आशंका व्यक्त गरेका थिए । एकीकृत समाजवादी पार्टीका तारा लामा तामाङले नीति तथा कार्यक्रम परिपक्व र प्रदेशका लागि केही नयाँ कुरा द

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि आज (सोमबार) देखि छलफल हुँदैछ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफल हुन लागेको हो ।कृषिलाई प्राथमिकता दिई सभामा पेश भएको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि अघि बढाइने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले नीति तथा कार्यक्रममा अनावश्यक विषयी रहेको बताए । उनले भने –‘यसले कुराहरु बढी गरेको छ । बजेटले समेट्न नसक्ने गरी कार्यक्रम ल्याइएक

महाकाली तुइन घटना : छानबिन समितिले गर्‍यो सुदूरपश्चिम प्रदेश मन्त्रीसँग छलफल

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग धनगढीमा छलफल गरेको छ