ब्राजिलका सम्मानित फुटबलर पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । ट्युमर तथा मुत्रनलीमा भएको संक्रमणको उपचारपछि उनी सोमबार घर फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीनपटक विश्वकप जितेका ८१ वर्षीय पेले फेब्रुअरी १३ मा साउ पाउलोको अस्पतालमा भर्ना भएका थिए । अहिले पेलेको अवस्था सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गएको सेप्टेम्बरमा पत्ता लागेको […]