ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै - ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् । पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर रहने अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ । ८१ वर्षीय पेले उपचारका लागि गएको फेब्रुअरी १३ तारिखमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका थिए । पेलेको गएको वर्ष सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । पेले आफ्नो फुटबल जीवनमा ब्राजिलका ९...