राप्रपाले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको रुपमा अघि सार्छ : दीपकबहादुर सिंह (भिडिओसहित)

काठमाडौं, १२ भदौ । राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरबाट उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आफूलाई बच्चादेखि पाका जनताले चुनावमा उठ्नको लागि दबाब दिएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । […]

सम्बन्धित सामग्री

बुटवल–नारायणगढ सडकलाई १ महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय

२२ माघ, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय भएको छ । सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित क्षेत्रका सांसद, संसदको पूर्वाधार समितिका सभापति दीपकबहादुर सिंह सहितको छलफलमा मन्त्रालयले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । बैठकपछिको निर्णयमा भनिएको छ, ‘एक महिनाभित्रै खाल्डाखुल्डीरहित सडक सतह हुने […]

मेयर हारेका दीपक सिंह बने राज्यमन्त्री

२ माघ, काठमाडौं । ३० वैशाखको स्थानीय चुनावमा दीपकबहादुर सिंह हेटौंडा उपमहानगरपालिकाको मेयर उठेका थिए । ढाकाटोपी दौरा सुरुवालमा कोट, जुँगा र कालो चश्मामा सजिले सिंह आफ्नो हुलियाका कारण पनि चर्चित बने । स्थानीय चुनावमा उनी एकीकृत समाजवादीकी मीना लामासँग पराजित भए । ०५४ देखि चुनाव हारिरहेका सिंहका लागि यो हार नौलो थिएन । ४ […]

पाँचौँ प्रयासमा सांसद बने राप्रपाका दीपकबहादुर सिंह

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह पाँचौँ प्रयासमा सांसद बनेका छन् । सिंह मनवानपुर–१ बाट २७ हजार ८१६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।  उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डीना)लाई २ हजार ३९३ मतान्तरले पराजित गरेका हुन् । ...

मकवानपुरमा डिना र कमललाई जिल्याउँदै दीपकबहादुर सिंह विजयी

गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाका मेयरमा पराजित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंह प्रतिनिधिसभामा विजयी हुनुभएको छ । मतगणनादेखि नै तेस्रो स्थानमा रहनुभएका सिंह अन्तिम क्षणमा आएर नतिजा उल्ट्याउँदै मकवानपुर १ मा २७ हजार ८ सय १६ प्राप्त गरी विजयी हुनुभएको हो । मतगणनामा सुरूदेखि अग्रता लिइरहनुभएकी कांग्रेसकी डिना उपाध्यायले २५ हजार ४ सय …

मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी […] The post मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मेयरमा पराजित दीपकबहादुर सिंह डिना र कमल थापालाई हराउँदै संसदमा निर्वाचित

काठमाडौं, ८ मंसिर । राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंह मकवानपुर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हटौंडाको मेयरमा पराजित सिंह अहिले भएको प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका हुन् । सिंह प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका थिए । सिंहले २७८१६ मत ल्याएर कांग्रेसकी महालक्ष्मी […]

हेटौँडामा पछि पर्न थाले राप्रपाका सिंह, मीनाले अग्रता बढाइन्

हेटौँडा उपमहानगरपालिकामा राप्रपाका मेयर पदका उम्मेदवार दीपकबहादुर सिंह पछि पर्न थालेका छन् । यस्तै गठबन्धनकी साझा उम्मेदवार एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाएकी छन् । हेटौँडाको जारी मतगणनामा राप्रपाका सिंहले पटक पटक अग्रता बढाउँदा रोचक चुनावी प्रतिस्पर्धा हुँदै आएको छ।  अहिले पनि लामाले अग्रता बनाएकी हुन् । बुधबार बिहान प्राप्त पछिल्लो मतपरिणाम अनुसार ३३ हजार ५७८ मत गणना हुँदा लामाले १०,४१० मत पाएकी छन् । यस्तै  सिंहले ९९२२ मत  पाएका छन् । यस्तै एमालेका  अनन्

हेटौँडा उपमहानगरमा दीपक र मिनाको टक्कर, कति आयो एमालेको मत?

हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र  नेकपा (एकीकृत समाजवादी)बिच कडा प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार २७ हजार ४६२ मत गणना हुँदा राप्रपाका दीपकबहादुर सिंह र एकीकृत समाजवादीकी मिना लामाको बराबर ८ हजार ५१७ मत आएको छ। यता, नेकपा (एमाले)का अनन्त पौडेलले भने ७…

हेटौँडामा राप्रपा अगाडि आयाे, एकीकृत समाजवादी दाेस्राे नम्बरमा

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको चार वटा वडाको मतगणनामा राप्रपाका दीपकबहादुर सिंह पहिलो स्थानमा देखिनुभएकाे छ । सिंहले गठबन्धबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई उछिन्नुभएकाे हाे ।  अहिलेसम्म नाै हजार २९ मतगणना हुँदा राप्रपाका सिंहले दुई हजार सात सय १० मत, गठबन्धनकी उम्मेदवार लामाले दुई हजार ६ सय ६९ मत र नेकपा एमालेका अनन्त पौडेलले दुई हजार चार सय ३४ मत प्राप्त गरेका छन् ।  उपमेयरमा गठबन्धनका राजेश बानियाँले तीन हजार नाै सय ८२ मत प्राप्त गर्दा एमालेकी सुमित्रा काफ्लेले तीन हजार १६ ...

हेटौंडालाई महानगर बनाउने संकल्प गरेका मेयरका ‘हेभिवेट’ उम्मेदवार दीपकबहादुर सिंह

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको आसन्न निर्वाचनमा नयाँ ‘ट्वीस्ट’ आएको छ । मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेल र ५ दलीय गठबन्धनकी मीनाकुमारी लामालाई कडा टक्कर दिँदै छन्, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले । मकवानपुरे पाका राजनीतिज्ञ सिंहको ‘इन्ट्री’ले दुवै पक्ष झस्किएका छन् । लामो राजनीतिक र सामाजिक जीवन बिताएका सिंह लोकप्रिय छन् । त्यसैले […]