तिहारमा बैतडी प्रशासनले गरेन बजार अनुगमन

बैतडी : चाडपर्वका बेला हुने कालोबजारी रोक्न गरिने बजार अनुगमन तिहारमा बैतडी प्रशासनले गरेन।जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले यसअघि दसैंमा अनुगमन गरेको थियो।प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गएको एक महिनादेखि जिल्लाबाहिर रहेका र अन्य सरोकारवाला निकाय पनि तिहारभन्दा अगाडी नै बिदामा रहेकाले अनुगमन हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।उनले भने, ‘प्रजिअ सर नि बाहिर हुनुहुन्छ, म एक्लै बजार अनुगमनमा जाने कि, कार्यालयमा ब

सम्बन्धित सामग्री

बैतडीमा शुरु भयो बजार अनुगमन

बैतडी : बैतडीमा बजार अनुगमन शुरु भएको छ। सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन हुन सकेको थिएन।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त रुपमा प्रत्येक महिना गरिने अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म अनुगमन भएको थिएन। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठपछि भएको थिएन।चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो थियो।अ

बैतडीमा बजार अनुगमन हुन सकेन, बढ्यो कालोबजारी

बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन शुरु हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भने पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठ देखि हुन सकेको छैन। चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताहरूको गुनासो छ।कालोबजारी, मूल्यव

बैतडीमा भएन बजार अनुगमन

बैतडी– सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै यहाँका मुख्य बजारमा किनमेलको भीड लाग्न थालेको छ । बजारका पसलको अनुगमन  भने हुन सकेको छैन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो ।   बजारमा अनियमितता हुन नदिने गर्ने उद्देश्यले गरिने […]

बैतडीमा बजार अनुगमन हुन सकेन

बैतडी । सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै महंगी बढ्दै गएको छ । बैतडीमा पनि महंगीका कारण उपभोक्ता मारमा पर्न थालेका छन् । महंगी बढ्दासमेत बैतडीमा बजार अनुगमन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने आश्वासन दिए पनि दुई महिना बितिसक्दासमेत अनुगमन हुन सकेको छैन । कालोबजारी […]

बैतडीमा बजार अनुगमन

बैतडी । संयुक्त अनुगमन टोलीले जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गत हप्तादेखि सुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो । जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलाशैनी क्षेत्रका बजारमा अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । डिलाशैनी क्षेत्रका आठ र बाँकी अन्य […]

बैतडीमा बजार अनुगमन, २४ व्यापारी परे कारबाहीमा

बैतडी : संयुक्त अनुगमन टोलीले बैतडीमा बजार अनुगमनलाई निरन्तरता दिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गत हप्तादेखि शुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो।जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलाशैनी क्षेत्रका बजार अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। डिलाशैनी क्षेत्रका ८ र बाँकी अन्य बजारका १६ गरि २४ व्यापारीलाई जरिवाना गरिएको हो। उनीहरूबाट ९० हजार रूपैयाँ जरिवाना असुल र ४५ हजार रूपैयाँ मूल्य

बजार अनुगमन: अखाद्य सामग्री नष्ट

बैतडी । दसैँतिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ । संयुक्त बजार अनुगमन टोलीले पहिलो दिन आज खोड्पे बजारका ३३ पसलबाट रु २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा […]

चाडपर्व लक्षित बजार अनुगमन : १ लाख बढीको अखाद्य वस्तु बरामद

बैतडी : चाडपर्वलाई लक्षितगर्दै बैतडीमा बजार अनुगमन थालिएको छ। गौरा पर्व, तीज र दशैं तिहार नजिकिए पछि अनुगमन तीव्र पारिएको छ।अनुगमनका क्रममा हालसम्म १ लाख बढी मूल्य बराबरकाे अखाद्य तथा म्याद गुज्रेका बस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। संयुक्त अनुगमन टोलीले जिल्लामा गत मंगलबारबाट बजार अनुगमन थालेका हो।संयुक्त बजार अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गर्दा एक लाख बढीको म्याद नाघेको सामग्री बरामद गरेको हो। बजार अनुगमनमा

बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन भएन, सर्वसाधारण मारमा

बैतडी : उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन चाडपर्व नजिकिए पनि अझै सुरु हुन सकेको छैन। चाडपर्वको बेला हुने कालो बजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भएपनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको हो।सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा तथा दशैंतिहार नजिकिएको भएपनि बजार अनुगमन अझै सुरु हुन नसकेको उपभोक्ताहरूको गुनासो गर्न थालेका छन्।  अनुगमन हुन नसक्दा कालो बजारी, मुल्यवृद्धि, अखाद्य वस्तु विक्री वितरण बढ्दो रुपमा रहेक

बैतडीमा बजार अनुगमन तीव्र, निषेधाज्ञामा ११ पटक बजार अनुगमन

बैतडी : निषेधाज्ञाको समयमा बजारमा महँगी बढेको भन्दै उपभोक्ताको गुनासो आउन थालेपछि बैतडीमा बजार अनुगमन कार्यलाई तीव्र पारिएको छ। महामारीको बेला कालोबजारी नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ। निषेधाज्ञाको अवधिमा हालसम्म ११ पटक बजार अनुगमन गरिएको छ। जिल्लामा गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञामा कालोबजारी भएको गुनासो आएपछि  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन सुरु गरिएको थियो। हालसम्म