बैतडी : चाडपर्वलाई लक्षितगर्दै बैतडीमा बजार अनुगमन थालिएको छ। गौरा पर्व, तीज र दशैं तिहार नजिकिए पछि अनुगमन तीव्र पारिएको छ।अनुगमनका क्रममा हालसम्म १ लाख बढी मूल्य बराबरकाे अखाद्य तथा म्याद गुज्रेका बस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। संयुक्त अनुगमन टोलीले जिल्लामा गत मंगलबारबाट बजार अनुगमन थालेका हो।संयुक्त बजार अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गर्दा एक लाख बढीको म्याद नाघेको सामग्री बरामद गरेको हो। बजार अनुगमनमा