चलिरहेका त्रिविका परीक्षाहरु नरोकिने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले अहिले सन्चालन भइरहेका विभिन्न तहका परीक्षाहरु नरोक्ने निर्णय गरेको छ। त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठकले रुटिन निकालिसकेका र अहिले सन्चालन भइरहेका कुनैपनि परीक्षा नरोक्ने निर्णय गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। उनका अनुसार भदौ ५ गतेसम्म तय भएका कुनैपनि परीक्षाहरु रोकिने छैनन्। […]

सम्बन्धित सामग्री

भोलि त्रिविका परीक्षा नरोकिने

काठमाडौँ – सरकारले भोलि शोक बिदा दिए पनि त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा भने नरोकिने भएको छ। आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको शोकमा सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ। त्रिविका रजिष्टार डा. पेशल दाहालका अनुसार सरकारले बिदा दिएको भए पनि पूर्वनिर्धारित परीक्षा भने रोकिने छैनन्।

त्रिविका परीक्षा नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले लिने गरेका परीक्षा निर्वाध सञ्चालन हुने भएको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले विद्यालय बन्द गरिसकेको छ । सिनेमा हल, जिमखाना, पार्टी, भोज, जमघट हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइ गरेको छ ।    त्रिविमा हाल जाडो बिदाले विश्वविद्यालय बन्द भए पनि परीक्षा...

त्रिविका पूर्वनिर्धारित परीक्षाहरू नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्व निर्धारित परीक्षाहरू नरोकिने भएको छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसपछि मन्त्रालयले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । तर, त्रिविका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर जेड आकारमा बसाई सञ्चालन गरिने विज्ञप्तिमा...

भइरहेको परीक्षा रोकिँदैन : त्रिवि

त्रिभुवन विश्वविद्यालयले अहिले चलिरहेका परीक्षाहरु नरोकिने बताएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीले हाल भइरहेको परीक्षा नरोकिने जानकारी दिए ।   ‘अहिले भइरहेको परीक्षा रोकिँदैन । स्नातक चौथो वर्ष लगायतको परीक्षा अन्तिम चरणमा पुगेकोले पहिला यो सम्पन्न गराउँछौँ’, अधिकारीले शिलापत्रसँग भने, ‘पठनपाठनको हकमा परिस्थिति हेरेर केही दिनमा निर्णय गर्छौँ ।’

त्रिविको परीक्षा नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा तालिका जारी भएका विषयका परीक्षाहरू निरन्तर सञ्चालन गर्न जनाएकाे छ । भदौ ५ सम्म परीक्षा हुने विषयको परीक्षा भौतिक दूरी कायम गरी गरिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बाह्रखरीलाई जानकारी दिए । यसका लागि हिजो त्रिविको परीक्षा बोर्डको बैठक बसेको थियो । हाल व्यवस्थापन...

त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने भएका छन्। आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिविका वार्षिक परीक्षाहरु साउन २९ र सेमेष्टरका परीक्षा भदौ ५ गते सकिँदैछ।

चलिरहेका परीक्षा नरोकिने, बाँकी परीक्षाको लागि बोर्ड बैठक बस्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चलिरहेका परीक्षाहरू नरोकिने बताएको छ । अहिले चलिरहेको स्नातक प्रथम वर्षको परीक्षा यही साउन २९ गते सकिने भएकाले परीक्षा नरोकिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । कोरोनाको तेस्रो लहर फैलिने त्रासका कारण कक्षा १२ को परीक्षा रोकिए पनि त्रिविका परीक्षा भने नरोकिने भएका हुन् । करिब दुई वर्षअघिदेखिका […]

त्रिविका परीक्षा रोकिँदैनन् : नियन्त्रक जोशी

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने परीक्षा नरोकिने भएको छ।कोरोना महामारी बढ्दै गएपछि कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेपछि अरु परीक्षा के हुने भन्ने अन्योलका बीच त्रिविले यस्तो जानकारी गराएको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा नियमित संचालन हुने जानकारी दिए।‘स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा साउन २२ गतेदेखि समाप्त भएको र विज्ञान, शिक्षा संकायका परीक्षा भोलिदेखि सम्पन्न हुँदैछ', सामाजिक सञ्जालमा जोशीले लेख

त्रिविमा आजको परीक्षा जारी

काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा पूर्वनिर्धारित आजका सबै परीक्षा सञ्चालन भइरहेका छन्। हिजो बसेको सीसीएमसीको बैठकले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। त्रिविका रजिस्टार प्रा.डा. पेशल दाहालले आजको परीक्षा नरोकिने बताए। ‘अहिले बिहानको परीक्षा भइरहेको छ। दिउँसोको पनि हुन्छ। भोलीको परीक्षा के गर्ने भन्ने विषयमा हामी छलफल गछौं’, उनले भने।

कलेज बन्द भए पनि त्रिविका परीक्षा नरोकिने

काठमाडौं : सरकारले स्कुल बन्द गर्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नरोक्ने भएको छ। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आइतबारबाट परीक्षा सञ्चालन गरिसकेकोले नरोक्ने जानकारी दिए। उनका अनुसार अहिले मानविकी,व्यवस्थापन र शिक्षा संकायको दोस्रो वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। ‘यो वार्षिक परीक्षा हो त्यसैले परीक्षा रोकिँदैन’ उनले भने,‘पढाइ भने अब रोकिन सक्छ।’ सोमबार बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर अति प