मन्त्री हमालले प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाए

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्।  केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन्। ‘उहाँले  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाउनु भयो’ हमालका स्वकीय सचिव विरिजेन्द्र हमालले भने, उहाँ राजीनामा पत्र बुझाएर फर्किसक्नु भएको छ।’ आफूमाथि ब्यक्तिगत रुपमा टिका टिप्पणी बढ्न गालेको भन्दै उनले आज  बिहान राजीनामा दिने घोषणा गरेका

सम्बन्धित सामग्री

उद्योगमन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाले गरे स्वीकृत

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालले दिएको राजीनामा स्वीकृत गरेका हुन् । हमालले आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका थिए ।

उद्योग मन्त्री गजेन्द्र हमालको राजीनामा–‘स्वविवेकले राजीनामा दिएको हुँ’

काठमाण्डाै - विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले केहीबेर अघि राजीनामा पत्र बुझाउनु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूले राजीनामा दिएको उहाँले उज्यालोलाई बताउनुभयो। ‘मेरो नियुक्तिलाई लिएर धेरै विवाद आएकाले मैले स्वविवेकले राजीनामा दिएको हुँ' उहाँले भन्नुभयो,-'कसैको दबाब र आग्रहमा राजीनामा दिएको होइन ।’ राजीनामा पत्रमा उहाँले नैतिकताका आधारमा राजीनामा द...