उद्योग मन्त्री गजेन्द्र हमालको राजीनामा–‘स्वविवेकले राजीनामा दिएको हुँ’

काठमाण्डाै - विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले केहीबेर अघि राजीनामा पत्र बुझाउनु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूले राजीनामा दिएको उहाँले उज्यालोलाई बताउनुभयो। ‘मेरो नियुक्तिलाई लिएर धेरै विवाद आएकाले मैले स्वविवेकले राजीनामा दिएको हुँ' उहाँले भन्नुभयो,-'कसैको दबाब र आग्रहमा राजीनामा दिएको होइन ।’ राजीनामा पत्रमा उहाँले नैतिकताका आधारमा राजीनामा द...