मन्त्री हमालले बुझाए राजीनामा, विवादमा पर्न नचाहेको प्रष्टीकरण, प्रधानमन्त्रीबाट स्वीकृत

प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री हमालले राजीनामा पत्र बुझाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । हमालले दिएको राजीनामा प्रधानमन्त्रीबाट स्वीकृत पनि भइसकेको छ ।

सम्बन्धित सामग्री

गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिएकै दिन भाई सुरेन्द्र हमालको सपथ

काठमाडौं, २४ असोज । उद्योगमन्त्रीबाट गजेन्द्र हमालले राजीनामा दिएकै दिन उनका भाई सुरेन्द्र हमालले लुम्बिनी प्रदेशको वनमन्त्रीमा सपथ लिएका छन् । हमालको नियुक्ति विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् जुन स्वीकृत भइसकेको छ । तीन दिन मन्त्री पदमा रहेका गजेन्द्र हमालको राजीनामा स्वीकृत भएको केही घन्टामै उनका भाई सुरेन्द्र हमालले वनमन्त्रीमा सपथ […]

मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाद्वारा स्वीकृत

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री देउवाले हमालको राजीनामा स्वीकृत गरेका छन्।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै विवादमा मुछिएपछि हमालले आज बिहान प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका थिए।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ। ‘मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गर्नुभएको छ।’ सचिवालयक

उद्योग मन्त्री गजेन्द्र हमालको राजीनामा–‘स्वविवेकले राजीनामा दिएको हुँ’

काठमाण्डाै - विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले केहीबेर अघि राजीनामा पत्र बुझाउनु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूले राजीनामा दिएको उहाँले उज्यालोलाई बताउनुभयो। ‘मेरो नियुक्तिलाई लिएर धेरै विवाद आएकाले मैले स्वविवेकले राजीनामा दिएको हुँ' उहाँले भन्नुभयो,-'कसैको दबाब र आग्रहमा राजीनामा दिएको होइन ।’ राजीनामा पत्रमा उहाँले नैतिकताका आधारमा राजीनामा द...

मन्त्री गजेन्द्र हमालले बालुवाटार पुगेर बुझाए राजीनामा

विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन्।

मन्त्री हमालले बुझाए राजीनामा पत्र

विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् ।

मन्त्री बनेको तेस्रो दिनमै राजीनामा दिँदै हमाल

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिने बताएका छन्। थाहाखबरसँगको कुराकानीमा उनले आफू र कांग्रेसलाई बदनाम  गरिएको भन्दै राजीनामा दिन लागेको जानकारी दिए। ‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें। आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु । ४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेऊ भनेर दबाब पनि आएको छ तर राजीनामा दिन्छु।’हमाल

विवादपछि उद्योग मन्त्री हमालद्वारा राजीनामा घोषणा

नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै मन्त्री हमालले राजीनामा दिन घोषणा गर्नुभएको हो ।

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा

२४ असोज, काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् । ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर […]