काठमाडौँ । नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ युरोपको महत्वपूर्ण चलचित्र महोत्सव ४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ स्वीडेनमा छनौट भएको छ । यही महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ । गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण चलचित्र महोत्सव हो । […]