गुल्मीमा जेठ १५ गतेसम्म निषेधाज्ञा थप

५ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी निषेधाज्ञाको समय जेठ ४ गते थियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले […]

सम्बन्धित सामग्री

पाल्पा र दाङमा थपियो निषेधाज्ञा

जेठ १४, पाल्पा । पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो ।  कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिए ।  जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अर्थ मन्त्रालयबाट रू. १ करोड ५० लाख निकासा भएकाले लुम्बिनी प्रदेश सरकारबाट आइसियू र भेन्टिलेटर खरीद गर्न रू. ३ करोड प्राप्त भएको जिल्ला समन्वय समितिका कार्यवहाक संयोजक मिरा मरासिनीले जानकारी दिए । हालसम्म जिल्लामा ११ हजार ७७ जनाको कोरोना परीक्षण गरिएकोमा तीन हजार ४३५ जना सक्रिय संक्रमित छन् । दुई हजार २९ जना निको भएका छन् । अहिलेसम्म जिल्लामा ४५ जनाको कोरोना संक्रमणकाबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  दाङमा निषेधाज्ञा दश दिन थपियो कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय गरेको हो । संक्रमण र मृत्यु दर घट्दै गएको र जनस्वास्थ्य सुरक्षा अझै पूर्णरुपले गर्नुपर्ने  पलना गराउने बैठकले निष्कर्ष निकालेको छ । बैठकले हप्तामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब दैनिक बिहान ६ देखि ८ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसका लागि भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाउन पसलधनी र उपभोक्ताले बिषेश ध्यान दिन भनिएको छ । रासस

गुल्मीमा चौथोपटक निषेधाज्ञा थप

गुल्मीमा चौथो पटक निषेधाज्ञा थपिएको छ । शुक्रबार बसेको कोभिड ब्यवस्थापन समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जेठ १५ गते रातीदेखि लागू हुनेगरी चौथो पटक पुनः एक हप्ता निषेधाज्ञा जारी गरेकी हुन् ।जेठ २४ गते राती १२  बजेसम्मका लागि चौथो पटक निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए । भण्डारीले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैसँग अपिल गरेका छन् । सरकारले निषेधाज्ञा उलंघन गर्नेहरूमाथि ५ महिनादेखि एक वर्ष  कैद सजाय र  १

पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा थप

तानसेन । पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी […]

कञ्चनपुरमा निषेधाज्ञा एक साता लम्ब्याइयो

६ जेठ, धनगढी । कञ्चनपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा थप एक साता लम्ब्याएको छ । दोस्रो लहरको कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधी थप्नुपर्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा जेठ १५ गतेसम्म निरन्तरता दिन आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आउँदो जेठ १५ गते राति १२ बजेसम्म लागु हुने […]

कञ्चनपुरमा जेठ १५ गतेसम्म निषेधाज्ञा थप

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जेठ १५ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोले बुधवार एक सूचना प्रकाशित गर्दै वैशाख २९ गतेको आदेश अनुसार निषेधाज्ञा अवधि थप गरिएको जानकारी दिए ।कोरोना भाइरस संक्रमणको रोकथामका लागि प्रशासनले निषेधाज्ञा लगाउँदै आएको छ ।

धनकुटामा लम्बियो निषेधाज्ञा

धनकुटा जिल्लामा कोरोना भाईरसको संक्रमण दर बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा थप गरिएको छ । जिल्ला क्राईसिस म्यानेजमेन्ट कमिटीको बैठकले धनकुटा जिल्लाभर लागु हुने गरी गए रातीदेखि जेठ १५ गते सम्म कडा निशेधाज्ञा थप गरेको हो ।

सुनसरीमा निषेधाज्ञा पूर्ण रुपमा कडाईं, आवश्यक परे सेना परिचालन गरिने

कोरोना संक्रमितको मृत्यदर बढ्दै गएकोले सुनसरीमा शनिबार (आज) देखि निषेधाज्ञा पूर्ण रुपमा कडाईं गरिएको छ। शुक्रबार रातिदेखि थप जेठ १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएसँगै पूरै कडाईं गरिएको हो ।

सुनसरीमा निषेधाज्ञा पूर्ण रुपमा कडाईं, आवश्यक परे सेना परिचालन गरिने

कोरोना संक्रमितको मृत्यदर बढ्दै गएकोले सुनसरीमा शनिबार (आज) देखि निषेधाज्ञा पूर्ण रुपमा कडाईं गरिएको छ। शुक्रबार रातिदेखि थप जेठ १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएसँगै पूरै कडाईं गरिएको हो ।...

दोलखामा जेठ १५ सम्म निषेधाज्ञा

दोलखामा निषेधाज्ञा जेठ १५ सम्मका लागि बढाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार भएको भर्चुअल बैठकले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै जेठ १५ सम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा

गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको प्रयासका लागि बैशाख ३१ गतेराती १२ बजेदेखी जेठ १५ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । गोरखा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले दुई साता निषेधाज्ञा थप गरेका हुन् ।निषेधाज्ञाको […]