गण्डकी प्रदेशमा जनमोर्चाका दुई सांसदलाई पार्टीले कारवाही गर्ने भएको छ । उनीहरुमाथि कारवाही भएपछि गण्डकी प्रदेशसभाको अंक गणितमा हेरफेर आउने भएको छ । फेरिएको अंकगणितका कारण मुख्यमन्त्री गुरुङको पद धरापमा पर्ने निश्चित भएको छ । हाल गण्डकी प्रदेशमा ६० जना सांसद छन् । जनमोर्चाका दुई सांसदमाथि कारवाही भएपछि प्रदेशसभाको संख्या ५८ मा झर्ने छ । त्यो अवस्थामा सरकार गठनका लागि २९ जना भए बहुमत पुग्छ ।मुख्यमन्त्रीमा पुनःनियुक्त भएका पृथ्वी सुब्बा गुरुङको पक्षमा अहिले दीपक मनाङ्गेसहित २८ जना छन् । विपक्ष