होला त माधव नेपालसहितका नेताको कारवाही फिर्ता ?

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई गरेको कारवाही फिर्ता लिनेबारेमा नेकपा एमालेभित्र छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी बैठकमा नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गरेको कारवाही फिर्ता गर्नेबारे छलफल भएको हो । तर कारवाही फिर्ताको निर्णय भने भइनसकेको नेताहरुले बताएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले चार नेताहरुलाई गत चैतमा कारवाही गर्दै ६ महिना पार्टीबाट निलम्बन गरेका थिए ।‘एमालेलाई एक ढिक्का बनाएर लैजाने बारेमा बिहीबारको

सम्बन्धित सामग्री

बालकोट बैठकमा ओलीले भने- माधव नेपाल फर्कन्छन् भने कारवाही फिर्ता हुन्छ

पार्टी विभाजनमा तटस्थ बसेका एमालेका स्थायी कमिटीका नेताहरूसँगको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नयाँ पार्टी खोल्ने प्रक्रियाबाट फिर्ता हुने भए कारवाही फिर्ता लिन सकिने बताएका छन् ।  पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरूले आज ओली निवास बालकोटमा ‘निर्णायक’ वार्ता गरेका थिए । उक्त छलफलमा यसअघि माधव नेपाल निकट भनिएका नेताहरूले १४ जनामाथि गरिएको कारवाही फिर्ताको विषय उठाएका थिए ।  अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरूलाई माधव नेपाल नयाँ पार्टी दर्ता...

झलनाथ, माधव र वामदेवको एउटै पार्टी : एकताका लागि यी हुन् अन्तिम तीन सर्त

हिजो साँझ बालकोट पुगेर नेता घनश्याम भुसालले माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिए एकताको प्रयास गर्न सजिलो हुने बताए । तर, ओलीले माधव नेपाल पार्टी फुटाउन अग्रसर भइसकेको र उनकै आग्रहमा अध्यादेश ल्याइएकाले कारवाही फिर्ता नहुने जवाफ दिए ।

माधव नेपालका तीन ‘मुभ’ जसले ओलीलाई अत्यायो

प्रतिनिधिसभामा विश्वासको मत लिने बैशाख २७ को मिति नजिकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहमा रहेका मन्त्रीहरुको बेचैनी बढेको छ । सुरुमा प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई फकाएरै बहुमत जुटाउने रणनीतिमा थिए । तर, यहीबीचमा माधव नेपाल पक्षको ‘मुभ’ बाट उनी थप आत्तिए ।भुइँको टिप्न खोज्दा गोजीको मत उम्कने अवस्था आएपछि अन्ततः प्रधानमन्त्री ओली अहिले माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ता लिने र उनीहरुलाई फकाउने सम्झौतापरस्त लाइनमा आइपुगेका