घुसिया कर्मचारीलाई संरक्षण, घुसिया कर्मचारी कारवाही गर्ने लाई कारवाही

घुस विना बाँच्नै नसक्ने जस्तै गरी प्रत्येक काममा घुस लिदै सेवा दिने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सिनियर डिभिजनल ईन्जिनियर राजेश कुशवाहालाई स्थानीय सेवाग्राहीले पक्राउ गरी कारवाही गरेको छ । घुसिया कर्मचारीलाई कारवाही गरेको भन्दै कर्मचारीहरुले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरे । घुस लिन पाउनु पर्छ भन्ने हो ? सबैले प्रश्न गरे । 

सम्बन्धित सामग्री

फुटपाथमा मकै बेच्ने दम्पतीमाथि थप कारवाही गर्दै महानगर

१९ असार, काठमाडौं । महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि थप कारवाही हुने भएको छ । नगरप्रहरीको कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीमाथ थप कारवाही गर्न लागिएको महानगरपालिकाले जनाएको छ । मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको […]

एमाले नेता भुसालमाथिको कारवाही सिफारिस अनुमोदन

नेकपा एमाले अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाही गर्ने सिफारिस अनुमोदन गरेको छ । मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको हो ।भुसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । १८ जेठमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भुसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेका थिए । आयोगको पूर्ण बैठकले भने भुसाललाई कारवा

एमालेले गर्यो गाउँपालिका उपाध्यक्षलाई कारवाही

बैतडी : नेकपा एमाले बैतडीले  जिल्लाको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारवाही गरेको छ।  एमालेले  चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो।२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तीमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ।माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचन

ललितपुरमा कर नतिर्ने सवारीलाई कारवाही

काठमाडौं, भदौ २९ । ललितपुर महानगरपालिकाको नगर प्रहरीले विज्ञापन राखेवापत कर नर्तिने सवारीसाधनलाई कारवाही गर्न सुरु गरेको छ । महानगरपालिकाले गत असारमा विज्ञापन राख्ने सवारी साधनलाई कर तिर्न सूचना जारी गरेको थियो । तर, सूचना निकालेको लामो समयसम्म पनि ट्याक्सीसहितका सवारीसाधनले राखेको विज्ञापन बापतको कर नतिरेपछि महानगरले कारवाही थालेको हो । ट्याक्सी चालकहरुले भने कर […]

स्थायी कमिटीमा ओलीको ब्रिफिङ : यिनीहरुलाई पहिल्यै कारवाही गर्नुपर्थ्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई कारवाही गर्न ढिलो भएको बताएका छन् । उनीहरुमाथि अस्ति नै कारवाही गर्नुपर्नेमा केही नेताहरुले मिलौँ भनेका कारण कारवाहीमा ढिलाइ भएको ओलीको भनाइ छ ।मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यिनीहरुलाई कारवाही पहिल्यै गर्नुपर्ने थियो । यिनीहरु कारवाहीका लायक नै हुन् ।’यसअघि माधव नेपाल लगायतका नेताहरुले एमालेले पटक–पटक स्पष्टीकरण सोधेर पनि अहिलेसम्म कारवाही गरेको छैन । २४ घण्टे स्पष

जनमोर्चा सांसद कृष्ण थापालाई फेरि कारवाही

पोखरा : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पार्टीले फेरि कारवाही गरेको छ। आज प्रदेशसभामा सभामुख नेत्रनाथ अधिकारीले  थापालाई कारवाही गरिएको पत्र पढेर सुनाएका छन्। थापालाई जनमोर्चाले कारवाही गरेको पत्र सभामुखले पढेर सुनाएका हुन्।  यसअघि पनि पार्टीको निर्णय विपरीत गएको भन्दै उनलाई कारवाही गरिएको थियो। अहिले पनि पार्टीले जारी…

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शुक्रवार विज्ञप्ति जारी गर्दै बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि भएको घटनाको भत्र्सना गर्दै घटनामा संलग्नलाई कारवाही गर्न माग गरे । उनले घटनामा संलग्नलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि (सहित) ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धि ऐन २०६६ अनुसार कडाभन्दा कडा कारवाही गर्न माग गरे । ...

जनमोर्चाका दुई सांसदमाथि कारवाही हुने !

गण्डकी प्रदेशमा जनमोर्चाका दुई सांसदलाई पार्टीले कारवाही गर्ने भएको छ । उनीहरुमाथि कारवाही भएपछि गण्डकी प्रदेशसभाको अंक गणितमा हेरफेर आउने भएको छ । फेरिएको अंकगणितका कारण मुख्यमन्त्री गुरुङको पद धरापमा पर्ने निश्चित भएको छ । हाल गण्डकी प्रदेशमा ६० जना सांसद छन् । जनमोर्चाका दुई सांसदमाथि कारवाही भएपछि प्रदेशसभाको संख्या ५८ मा झर्ने छ । त्यो अवस्थामा सरकार गठनका लागि २९ जना भए बहुमत पुग्छ ।मुख्यमन्त्रीमा पुनःनियुक्त भएका पृथ्वी सुब्बा गुरुङको पक्षमा अहिले दीपक मनाङ्गेसहित २८ जना छन् । विपक्ष

होला त माधव नेपालसहितका नेताको कारवाही फिर्ता ?

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई गरेको कारवाही फिर्ता लिनेबारेमा नेकपा एमालेभित्र छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी बैठकमा नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गरेको कारवाही फिर्ता गर्नेबारे छलफल भएको हो । तर कारवाही फिर्ताको निर्णय भने भइनसकेको नेताहरुले बताएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले चार नेताहरुलाई गत चैतमा कारवाही गर्दै ६ महिना पार्टीबाट निलम्बन गरेका थिए ।‘एमालेलाई एक ढिक्का बनाएर लैजाने बारेमा बिहीबारको

निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही

दोस्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही गरिँदैछ ।  चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५८२ मानिस तथा ८४१ वटा सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिवार दिनभरमा कारवाही गरिएको बताए । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट ७२ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको भन्दै...