काठमाण्डाै – होटल सञ्चालकहरूले कोरोना महामारीका कारण व्यवसाय ठूलो सङ्कटमा परेको भन्दै आउँदो बजेटमा सरकारसँग सहयोगको अपिल गरेको छ । होटल सङ्घ नेपाल (हान) ले गम्भीर सङ्कटमा पुगेको होटल तथा पर्यटन उद्योगका लागि सहयोगी व्यवहारसहितको बजेट ल्याउन माग गरेको हो ।
यो समयमा राज्यको तर्फबाट बृहत् पर्यटन पुनरुत्थान योजना लागू गर्न, चालु आर्थिक वर्षको बजेटमा दिएका सुविधाहरू दोब्बर बनाउन पनि हानको माग छ । हानले होटल उद्योगको पुनरुत्थान गर्न व्यवसाय संरक्षण कोष बनाएर आश्रित कर्मचारीका लागि रोजगार संरक्षण कोषको ल...