भारतकै ठूलो टेलिकम कम्पनीको मोबाइल सेवा डाउन

फेसबुक, ह्वाइटसएप र इन्टाग्रामपछि भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियोको नेटवर्क डाउन भएको छ । यही कारण, भारतका धेरै राज्यमा जियोका ग्राहक हैरान छन् । बुधबार बिहान साढे ९ बजेदेखि नेटवर्कमा समस्या आएको हो । मध्यप्रदेश, छत्तीसगढ, महाराष्ट्रसहित धेरै राज्यमा मोबाइलमा समस्या देखिएको छ । त्यहीकारण सोसल मिडिया ट्वीटरमा जियो डाउन शीर्षक ट्रेन्डिङमा छ । भारतीय दूरसञ्चार नियामक प्राधिकरणको आँकडाअनुसार रियालन्स जियोका ४० करोड ४० लाख ग्राहक छन् । यसअघि सोमबार फेसबुक, ट्वीटर र इन्टाग्र

सम्बन्धित सामग्री

गोसाइँकुण्डमा भिस्याट प्रविधिबाट मोबाइल सेवा

काठमाडौं, भदौ १३ । रसुवाको गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु–जी प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो । […]

मोबाइल सेवा प्रदायकले ग्राहकको विवरण नदिँदा एमडीएमएस प्रयोगमा कठिनाइ !

मोबाइल सेवा प्रदायकहरूले ग्राहकको तथ्याङ्क नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा नपठाइदिँदा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा जटिलता देखिएको छ । नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल लगायतका मोबाइल सेवा प्रदायकले ग्राहकको विद्युतीय विवरण प्राधिकरणको सिस्टममा अपलोड नगरिदिँदा एमडीएमएस कार्यान्वयनमा समस्या परेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार एमएनओ अर्थात् मोबाइल नेटवर्क अपरेटरले एमडीएमएसमा ग्राहकको विवरण अपलोड नगरेका कारण एमडीएमएस

बागलुङको पश्चिम क्षेत्रमा पुग्यो मोबाइल सेवा

बागलुङ –  सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका–४ लाममेलामा नेपाल टेलिकमले मोबाइल सेवा पुर्‍याएको छ । छिमेकी तमान गाउँमा रहेको बिटिएस टावरबाट अप्टिकल फाइबारमार्फत नेटवर्क पुर्‍याई लाममेलामा सेवा सञ्चालन गरिएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । यसअघि टाढाको टावरमा भर पर्दा स्थानीयवासी गुणस्तरीय मोबाइल सेवाबाट वञ्चित थिए । इन्टेरनेटका लागि डाटा सेवा पनि उपलब्ध थिएन […]

सिरिजंगा गाउँपालिकाको अधिकांश स्थानमा मोबाइल सेवा अवरुद्ध

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको अधिकांश स्थानमा नेपाल टेलिकम सेवा प्रदायक रही सञ्चालित नमस्ते मोबाइलको नेटवर्क करिब ५ दिन अवरुद्ध भएको छ।...

मोबाइल सेवाको गुणस्तर मापदण्डभन्दा कमजोर

मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र नै मोबाइल सेवा प्रदायक कम्पनीहरूले मापदण्ड पूरा नगरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनअनुसार तीन मुख्य मोबाइल सेवा प्रदायक कम्पनीहरूले मापदण्ड पूरा गर्न सकेका छैनन् । प्राधिकरणले गत पुस १६ गतेदेखि २७ गतेसम्म काठमाडौं उपत्यकाभित्र गरेको गुणस्तर परीक्षणले मोबाइल सेवा गुणस्तरीय हुन नसकेको देखाएको हो ।प्राधिकरणले नेपाल टेलिकम, […]

दुई हप्तापछि मोबाइल सेवा सुचारु

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दुई हप्तापछि मोबाइल सेवा सुचारु भएको छ। गाउँपालिकाको इलिङ लेकमा बिग्रिएको मोबाइल टावरको मर्मत गरिएपछि सेवा सुचारु भएको हो। नेपाल टेलिकम हुम्लाका लाइनम्यान गोरा महतले हिमपातले बिग्रिएको टावरमा प्राविधिक पुगेर मर्मत गरिएपछि दुई हप्तापछि सेवा सञ्चालनमा आएको बताए। टावरमा खराबी आएपछि माग १४ गतेबाट उत्तरी नाम्खा गाउँपालिका सञ्चार सम्पर्कविहीन […]

हुम्लामा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध

सिमकोट – हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। सेवाग्राही लोग भण्डारीले आइतबार बिहानबाट नेपाल टेलिकमका सबै सेवाले काम गर्न छोडेको बताए। उनले टेलिकमको मोबाइल, एडिएसल, फोर जी र ल्याण्डलाइन सेवा सबै अवरुद्ध भएको जानकारी दिए। नेपाल टेलिकम हुम्ला शाखाका लाइनम्यान रामबहादुर बोहराले खराबी आएको स्थान नै पत्ता लगाउन नसकिएको जनाए। केन्द्रमा […]

हुम्लामा मोबाइल सेवा अवरुद्ध

सिमकोट – हुम्लास्थित नेपाल टेलिकमको बीटीएसमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको छ। विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ। जीएसएम सेवाका लागि जडान गरिएको बीटीएस बक्समा आगलागी भएको टेलिकमले जनाएको छ। हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले सिमकोट गाउँपालिका–७ को धारापोरीमा जडान भएको नेपाल टेलिकम बीटीएस बक्समा आगलागी भएको जानकारी दिए। उनले आगलागीले बक्समा […]

गुणस्तर कायम गर्न मोवाइल सेवा प्रदायकहरू असफल

१३ साउन, काठमाडौं । नेपालका मोबाइल सेवा प्रदायक कम्पनी आफ्ना सेवाको गुणस्तर कायम गर्न असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) गर्दा नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकम सेवाको गुणस्तर कायम गर्न असफल देखिएका हुन् । प्राधिकरणले यी तीन कम्पनीले २०७७ चैतदेखि २०७८ जेठसम्म दिएको सेवाको गुणस्तरलाई आधार […]

चार दिनदेखि फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : अप्टिकल फाइबर काटिदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले मोवाइल फोन, ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको नेपाल टेलिकम बैतडीले जनाएको छ।फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौं ग्राहक मारमा परेका छन्। फोेन सेवा अवरुद्ध हुँदा सञ्चारविह