मोबाइल सेवा प्रदायकले ग्राहकको विवरण नदिँदा एमडीएमएस प्रयोगमा कठिनाइ !

मोबाइल सेवा प्रदायकहरूले ग्राहकको तथ्याङ्क नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा नपठाइदिँदा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा जटिलता देखिएको छ । नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल लगायतका मोबाइल सेवा प्रदायकले ग्राहकको विद्युतीय विवरण प्राधिकरणको सिस्टममा अपलोड नगरिदिँदा एमडीएमएस कार्यान्वयनमा समस्या परेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार एमएनओ अर्थात् मोबाइल नेटवर्क अपरेटरले एमडीएमएसमा ग्राहकको विवरण अपलोड नगरेका कारण एमडीएमएस