भारतले रुससँग हतियार  किन्नेबारे अमेरिकाले फेरि के भन्यो ?

भारत र रुस बीचको सम्बन्धलाई लिएर अमेरिकाले फेरि एकपटक चेतावनी दिएको छ । पेन्टागनले शुक्रबार अमेरिकाले रक्षा क्षेत्रमा रुसमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई लगातार भनिरहेको बताएको हो । अक्टोबर २०१८ मा, भारतले रुससँग S-400 मिसाइल रक्षा प्रणालीका पाँच इकाइहरू किन्नको लागि ५ बिलियन डलर सम्झौतामा हस्ताक्षर गरेको थियो ।त्यसबेला ट्रम्प प्रशासनले भारतले यो सम्झौता गरेमा अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने चेतावनी पनि दिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकाले टर्कीलाई आफ्नो सीएएटीएसए कानुन अन्तर

सम्बन्धित सामग्री

हमासविरुद्ध लड्न अमेरिकाले इजरायललाई हतियार दिने

हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि अमेरिकाले इजरायलको समर्थन गर्दै हतियार दिने वाचा गरेको छ ।

अमेरिकाले ताइवानका लागि ३ सय ४५ मिलियन डलरको हतियार दिँदै

अमेरिकाले ताइवानका लागि ३ सय ४५ मिलियन डलरको सैन्य प्याकेज घोषणा गरेको छ। यो प्याकेजमा हतियार, सैन्य शिक्षा र प्रशिक्षण पनि समावेश छ। अमेरिकाले शुक्रबार यो घोषणा गरेको हो। ह्वाइट हाउसले ताइवानलाई कुन हतियार दिँदैछ भन्ने बताएको छैन।यद्यपि, केही अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमहरूलाई भनेका छन् कि प्याकेजमा पोर्टेबल एयर डिफेन्स सिस्टम, पिस्तौल, राइफल र शत्रुलाई निगरानी गर्न आवश्यक उपकरणहरू पनि समावेश छन्। अमेरिकी रक्षा मन्त्रालयले यो प्याकेजबाट ताइवानले भविष्यमा हुने आक्रमणको जवाफ दिन सक्ने बताएको

अमेरिकाले युक्रेनलाई ४० करोड डलरको हतियार दिने, के के हुनेछ ?

अमेरिकाले युक्रेनलाई सहयोगस्वरुप हतियार र उपकरण उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने– ‘मैले युक्रेनलाई रक्षा मन्त्रालयको सूचीबाट थप ४०० मिलियन डलरको हतियार र उपकरण उपलब्ध गराउन निर्देशन दिएको छु । हामीले अगस्ट २०२१ देखि २५ औँ पटक मद्दत पठाउँदै छौँ । युक्रेनको सुरक्षा बलले रुसी सेनालाई पछाडि धकेल्दै छ, अमेरिका युक्रेनको साथमा छ ।अमेरिकी सहयोगको यो प्याकेजमा हक एयर डिफेन्स सिस्टमका लागि मिसाइल, चार एभेन्जर एयर डिफेन्स सिस्टम, आर्टिलरी र मोर्टार राउ

अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्न दियो स्वीकृति

काठमाडौं – अमेरिकाले ताइवानलाई १ दशमलव १ विलियन डलर अर्थात् १ खर्बभन्दा बढीको हतियार बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकाको रक्षा सुरक्षा सहयोग एजेन्सीले हतियार प्याकेजमा ६० वटा एन्टी–शिपमिसाइल, एक सय वटा एयर–टु–एयर मिसाइल र निगरानी रडार कार्यक्रमका लागि १ खर्ब ४० अर्ब ३४ करोडभन्दा बढीको हतियार बिक्री गर्न स्वीकृति दिइएको हो । चीनसँगको […]

अमेरिकाले युक्रेनलाई दियो थप ५५० मिलियन डलर बराबरको हतियार

एजेन्सी – अमेरिकाले सोमबार रसियासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ। अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ। ५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारूद समावेश छ छ। त्यस्तै, तोपखानाका लागि गोला बारु […]

अमेरिकाले आफूहरूलाई थप हतियार दिने वाचा गरेको युक्रेनकाे भनाइ

अमेरिकाले आफूहरुलाई थप हतियार दिने वाचा गरेको युक्रेनले जनाएको छ । तर तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना युक्रेनमा परिचालित नहोस् भन्ने चाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले बताउनुभएको छ । अमेरिकाले युक्रेनलाई रक्षासम्बन्धी सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । साथै रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ । रुसले क्राइमिया गाभ्दा पनि अमेरिकाले यसैगरी प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो प्रतिबन्ध त्यो भन्दा कडा रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ । अमेरिका...