गहुँ भित्र्याउने चटारोमा सल्यानका किसान (फोटो फिचर)

सल्यान : यतिवेला नेतालाई चुनाव र किसानलाई बारीमा पहेँलपुर गहुँ भित्र्याउन चटारो छ। किसान वर्ष दिनभर खाने धानबालीपछिको गहुँ भित्र्याउने चटारोमा छन् भने राजनीतिक दलहरू पनि उम्मेदवार छनौट गर्न नसक्दा तनावमा रहेका छन्।बारीमा पहेँलपुर भएर गहुँ पाकेपछि किसान चुनावलाई समेत बेवास्ता गर्दै बारीमा व्यस्त हुन थालेका छन्। पाकेको गहुँ भित्र्याएपछि मात्र कुन दललाई भोट हाल्ने भनेर छलफलमा जुट्ने किसानहरूको भनाइ छ। चुनावका लागि भोट हाल्ने समय अझै भएकाले आजभोलि दिनरात नभनी बाली भित्र्याउन लागिपरेको उनीहरूको

सम्बन्धित सामग्री

आलुमा रोग लागेपछि किसान चिन्तित

सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरी खेती छाडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।...

मलसँगै सिँचाइको पनि समस्या खेप्दै किसान

वीरगञ्ज – गहुँ खेती गरेका पर्सा बाराका किसान मल अभावसँगै सिँचाइको पनि समस्या झेल्दै आएका छन्। गहुँ खेती गरेका किसान अहिले मलको जोहोमा छन् भने सिँचाइका लागि पनि पैसा तिर्नुपरेको किसानले बताएका छन्। गहुँ खेती गरेका किसान गहँु छरेको २१ दिनपछि पानी हालेर युरिया मल हाल्नुपर्ने हुन्छ। तर, सिँचाइ गरिसकेका किसानले युरिया मल पाएका छैनन्। […]

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

२० पुस, गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट, २ रुम, ६ दरवाङ,७  विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक […]

खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री

बेदकोट– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेचेनन्। उत्पादित  ५३ क्विन्टल गहुँ उनले गाउँमै बिक्री गरे । खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताए । “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, ‘हामीले चार हजारदेखि चार हजार दुईसय प्रतिक्विन्टलका […]

कञ्चनपुरका किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या

२७ चैत, कञ्चनपुर। खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम लिन थालेपछि किसान मर्कामा परेका हुन् । डिजेल प्रतिलिटरमा रु १० घटे पनि किसानले पुरानै मूल्यमा गहुँ थ्रेसिङ गरेबापतको रकम तिर्नुपरेको छ । ट्र्याक्टर व्यवसायीले डिजेलको मूल्य र मजदुर ज्याला बढेका […]

किसानलाई गहुँ छर्न मल अभाव

धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन् । गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव कायमै छ । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी सङ्घमार्फत स्थानीय पालिकाको सिफारिसम

गहुँ खेतीका लागि आवश्यक मल अभाव

वीरगञ्ज– धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन् ।  गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव कायमै छ । सरकारले हरेक जिल्लाका लागि कोटा […]

गहुँ छर्ने वेला मलको हाहाकार : महँगोमा किन्न बाध्य बन्दै किसान

रौतहट : रौतहटका किसानलाई दोस्रो मुख्य बाली गहुँ छर्न अहिले भ्याइनभ्याइ छ।किसानहरू यतिखेर गहुँ रोप्नका लागि आवश्यक उन्नत जातको बीउ, रासायनिक मल, खेतको सरसफाइ तथा जोताइमा लागेका छन। किसानले खेतमा भएका पराल तथा ठुटा जलाउनुका साथै जोताइ गर्न, पानीको मात्रा कम भएको जग्गामा सिँचाइ गर्न व्यस्त छन्।गहुँ छर्ने वेला पनि आफूले सहज रूपमा मल नपाएको वृन्दावन नगरपालिका-१ का किसान अजय पटेलको भनाइ छ।हाइब्रिड जातको बीउबाट प्रतिकट्ठा अढाई मनदेखि पाँच मन गहुँ उत्पादन हुने गर्छ। भारतीय बजार भङ्गाहा, इनर्वा

गहुँ काट्न व्यस्त किसान

गलेश्वर, २० चैत । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका खेतमा लगाएको गहुँ काटेर थन्काउन व्यस्त किसान । म्याग्दीका गाउँघरका किसानलाई गहुँबाली थन्काउने र मकै छर्ने चटारो छ । तस्वीरः ध्रुवसागर शर्मा÷रासस

गहुँ भित्र्याउने चटारोमा भक्तपुरका किसान

जेठ ३, भक्तपुर । भक्तपुरका किसानलाई यतिबेला हिउँदे मुख्य बाली गहुँ भित्र्याउने चटारो परेको छ ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि उपत्यकासँगै भक्तपुरमा पनि निषेधाज्ञा लागू गरिएको भएपनि खेतैभरि गहुँ पहेंलपुर भएर पाकेपछि किसान भने गहुँ काट्न व्यस्त भएका छन् ।  धान पछिको मुख्य बाली गहुँ समयमा नभित्र्याए अहिले पर्ने असिनापानीसहितको झरीले नास गर्ने भएकाले पनि किसानलाई गहुँ काट्ने, चुट्ने र थन्क्याउने चटारो परेको स्थानीय किसानहरुको भनाइ छ । निषेधाज्ञा र कोरोना भाइरस महामारीले नेवार समुदायको प्रमुख पर्वमध्येको एक दिगु पुजा (देवाली) समेत स्थगित गरी किसानहरु खेतका गह्रागह्रामा पुगेका छन् ।  ‘निषेधाज्ञा भएपनि अहिले पानी परे असिना पनि आउन सक्ने र पाकेको गहुँबाली नष्ट हुने चिन्ता हामीलाई छ,’ छालिङका कृषक अनिल फोँजूले भने, ‘त्यसैले किसानहरु निषेधाज्ञाका बीच पनि गहुँ काट्न व्यस्त छन् ।’ यसवर्ष भक्तपुरमा ईंटाभट्टा सञ्चालन नहुँदा गहुँखेती वृद्धि भएको छ । कोरोना भाइरस महामारीका कारण गतवर्ष ईंटाभट्टा बन्द गरेका उद्योगी व्यवसायीहरुले यसवर्ष पनि कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिँदैं भट्टा सञ्चालन नगर्ने निर्णय गरेका थिए । सोही कारण विगतका वर्ष ईंटा पार्ने उर्बर जमीनमा यसवर्ष भने लहलह गहुँ झुलेको छ । ईटाभट्टा सञ्चालन नभएकै कारण यसवर्ष छ रोपनीमा गहुँबाली लगाएको भक्तपुर नगरपालिका­५ का सुमन दुवालले बताए । कोरोनाकै कारण दिगु पूजा स्थगित गरी सपरिवार चाँगुनारायण नगरपालिका–९, ताथलीमा गहुँ काट्दै गरेको अवस्थामा भेटिएका उनले भने, ‘कोरोनाका कारण ज्यामी राख्न जोखिम छ, त्यसैले सपरिवार भएर गहुँ काट्न आएका हौँ ।’ यसवर्ष भक्तपुरमा गहुँबालीको क्षेत्रफल वृद्धि भएसँगै प्रविधि पनि भित्रिएको छ । गहुँ काटेर चुट्नलाई धेरै समस्या हुने र ज्यामी पनि नपाउने समस्याका कारण पनि यसवर्ष किसान थ्रेसरप्रति आकर्षित भएका छन् । थ्रेसरले गहुँ चुट्दा छ्वाली भने काम नलाग्ने हुने कृषक फोँजुले बताउनुभयो । गहुँको छ्वाली विशेषगरी घरको छानो हाल्न, चुलोमा आगो बाल्न समेत प्रयोग गरिन्छ ।  नेवार समुदायमा गठेंमंगललगायतका चाडपर्व र अन्य संस्कारमा समेत छ्वालीको प्रयोग हुने गर्दछ । ‘थ्रेसरमा गहुँको बोटैसँग राख्दा छ्वाली धुलो हुने र सो धूलो गाईवस्तुलाई सोत्तर राख्न मात्र काम लाग्छ । तर पनि छिटोछरितो हुने हुँदा किसानहरु थ्रेसरप्रति आकर्षित भएका छन्,’ उनले भने । थ्रेसरले प्रतिमिनेट ६० रुपैयाँ भाडा लिने र एक रोपनी खेतको गहुँ ५ देखि १० मिनेटमा चुट्न सकिने उनले बताए । भक्तपुरको मध्यपुर थिमि र भक्तपुर नगरपालिका क्षेत्रमा बढ्दो आवादीका कारण खेतीयोग्य जमीन घट्दै गएको छ । सोही कारण यी दुई नगरमा गहुँबाली नगन्य मात्रामा गरेको छ । जिल्लाको सूर्यविनायक नगरपालिकाको दधिकोट, सिरुटार, गुन्डु, सिपाडोल, चित्तपोल र नँखेल क्षेत्रमा गहुँ खेती गरिन्छ । रासस