नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि गठबन्धनभित्र छलफल गरेर व्याख्यात्मक घोषणामा सहमति जुटाइएको बताएका छन् । माओवादी परिमार्जन बिना एमसीसी पास गर्ने पक्षमा नभएपनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणामा सहमति भएको उनको भनाइ छ । एमालेको चाहना गठबन्धन भत्काउने रहेकाले एमसीसीमा उसले सुनौलो अवसर खोजेपनि त्यो सफल हुन नसकेको प्रचण्डको भनाइ थियो । प्रचण्डले शुक्रबारको