आज राति केही नदी तथा खाेलामा बाढी आउने सम्भावना, ‘राति १२ बजेसम्म नै सतर्कता अपनाऔँ’

काठमाण्डाै – आज आइतवार राति देशका केही नदी तथा खोलामा बाढी आउने सम्भावना भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पछिल्लो तीन घण्टायता राप्ती नदीको सहायक नदी झिम्रुक र माडी नदी जलाधारको केही ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेको  झिम्रुक र माडी नदीमा पानीको सतह आकस्मिकरूपमा बढ्न सक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई राति १२ बजेसम्म नै आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै डडेल्धुराको महाकाली नदी पारीगाउँ जलमाप...

सम्बन्धित सामग्री

वर्षा अझै केही दिनः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २९ साउन । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । यसैगरी महाकाली नदीको जलसतह पनि खतरा आसपास […]

काठमाण्डाै उपत्यकाका नदी तथा खाेलामा बाढी, ठाउँठाउँमा डुबान (फाेटाेफिचर)

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ भने ठाउँठाउँमा डुबान भएकाे छ ।  बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ । ...

सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा र प्युठानका नदी खोलामा बाढीको जोखिम

काठमाण्डाै - देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा, प्युठान लगायतका ठाउँमा ठूलो पानी परेकाले यी जिल्ला र आसपासको क्षेत्र भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढिरहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो । सिन्धुपाल्चोक र आसपास भएर बग्ने गुम्थाङ, धाप, नकोटे नदी, प्युठान र आसपास  भएर बग्ने लुङ्गरी, खुङ्गरी खोला, दोलखा र आसपासको क्षेत्र भएर बग्ने तामाकोसी, गोगर...

लगातारको झरीले नदी र खोलामा बाढी, खिम्ती खोलाले सतर्कता तह पार गर्यो

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । लगातारको झरीका कारण केही नदी खोलामा बाढी आएको छ । रामेछापको खिम्ती खोलाले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । खिम्तीको रसनालु जलमापन केन्द्रमा गएराति नै बाढीले सतर्कता तह पार गरेको आज बिहानसम्म उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो । महाशाखाले देशका अरु साना नदी तथा खोलामा पनि पानीको बहाव बढेकोले सावधानी अपनाउन भनेको छ । महशाखाका अनुसार दोलखा, रामेछाप, ...

कैलाली र कास्कीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

आइतबार कैलाली आसपास केही स्थानमा भारी वर्षा भई कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेका  बाढी पूर्वानुमान महाशाखाले  जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।त्यस्तै कास्कीको लुम्ले र जुमलेटी बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षामापन भएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन

कैलाली आसपासका केही ठाउँमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - अहिले कैलाली आसपासका केही ठाउँमा भारी वर्षा भइरहेको छ । कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसअघि महाशाखाले कास्कीमा सतर्कता अपनाउन आग्रह गरेको थियो । कास्कीमा गएराति भारी वर्षा भएको थियो । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा अति भारी वर्षा मापन गरिएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र ...

देशका विभिन्न नदी र खोलामा बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - रातभरिको झरीले विभिन्न नदी र खोलामा बाढी आएको छ । रौतहटमा वाग्मती नदीले खतराको तह पार गरेको छ । चितवन र नवलपरासीमा नारायणी नदी, रुपन्देहीमा तिनाउ, कपिलवस्तुमा बाणगङ्गा, सिन्धुलीमा कोशी र वाग्मती नदीमा पनि पानीको सतह बढ्ने गरी ठूलो पानी परिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी, कोशी, कर्णाली, महाकाली र यसका सहायक नदी तथा खोलाहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । मौसमविद्का अनुसार अबको के...

बाजुराको बुढीगंगा नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह

काठमाडौं : बाजुराको गौमुल गाउँपालिकामा गएको पहिरोले बुढीगंगा नदी थुनिएको छ। पहिरोबाट नदी थुनिन गएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले पहिलो खुल्दा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कर्ता अपनाउन भनेको छ।

इलाम, झापा र मोरङका धेरै स्थानमा भारी वर्षा, नदी वरपर उच्च सतर्कता अपनाऔं

काठमाडौं।बाढी पूर्वानुमान महाशाखाले अहिले इलाम, झापा र मोरङमा भारी वर्षा भइरहेकोले नदी तथा खोला वरपरका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखालेसूचनामा भनेको छ, “हाल इलाम, झापा,मोरङको धेरै स्थानमा भारी वर्षा र थप वर्षा हुने,मेची, विरिङ, निन्दा,कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा,बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने, रातिसम्म उच्च सतर्कता अपनाऔं।”

नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह

स्थानीय प्रशासनले नारायणी, राप्ती लगायतका नदी किनारामा रहने वासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरू हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा संकलनको काम नगर्न/नगराउन अनुरोध गरिएको छ ।