नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह

स्थानीय प्रशासनले नारायणी, राप्ती लगायतका नदी किनारामा रहने वासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरू हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा संकलनको काम नगर्न/नगराउन अनुरोध गरिएको छ ।

सम्बन्धित सामग्री

चितवन र पर्सामा भारी वर्षा, नदी तटीय र होचा क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको वर्षा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता...

चितवन र पर्सामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

आज देशभर मनसुन सक्रिय देखिएको छ ।  चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, वनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको वर्षा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरे खोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ । र, थप वर्षा हुनसक्ने भएकाले

तिनाउ नदीले सतर्कता तह पार गर्‍याे, तटीय क्षेत्रमा डुबानकाे जाेखिम

काठमाण्डौ  – बुटवलको तिनाउ नदीले सतर्कता तह पार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जलविज्ञान तथा मौसम विज्ञान विभागले तिनाउन नदीले सतर्कता तह पार गरेको र त्यो तह बढ्दो क्रममा रहेको जनाएको हो ।  विभागले तिनाउ नदी तटीय क्षेत्र र आसपासका होचा स्थानमा डुबान हुन सक्ने भन्दै सतर्क रहन आग्रह...