मकवानपुरका ५ वर्षदेखि १२ वर्ष मुनिकालाई बालबालिकालाई बिहीबारबाट कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाइदिन भएको छ । ९ असारदेखि १५ गतेसम्म ५ देखि ११ वर्षमुनिका ६१ हजार ७५ जना बालबालिकालाई फाइजर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।मकवानपुरमा रहेका ४ लाख ६१ हजार ६४४ जनसङ्ख्या मध्ये १३ दशमलव २३ प्रतिशत बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।मकवानपुरको १० वटै स्थानीय तहमा फाइजर खोप लगाइने छ