अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोगका लागि राष्ट्र सङ्घको अपिल

काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोगका लागि अपिल गरेको छ । जेनेभामा भएको सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गरिएको हो । राष्ट्र सङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी समेत दिएको छ । गएको महिना तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । त्यहाँ तत्कालै खाना, औषधि र सरसफाइ अति आवश्यक रहेको राष्ट्र सङ्घले जनाएको छ । ६० करोड डलर सहयोग जुटाउन सके दशौँ लाख मानिसलाई राहत पुग्ने भनिएको बीबीसीले जनाएको छ। राष्ट्र सङ्घले सहायताकर्मीलाई नरोक्न पनि तालिबा...

सम्बन्धित सामग्री

६० करोड डलर कर्जा दिने बहुराष्ट्रिय बैंक खोज्दैछ वेदान्त रिसोर्सेज

काठमाडौं । भारतीय अर्बपति व्यापारी अनिल अग्रवालले प्रवद्र्धन गरेका वेदान्त रिसोर्सेज लिमिटेड (भीआरएल)ले ५० करोड देखि ६० करोड डलरसम्म कर्जा दिने बैंक खोजिरहेको छ । कम्पनी अहिले कर्जाका लागि दोयचे बैंक, जेपी मोर्गन चेज, बार्कलेज जस्ता बैंकहरुसँग वार्तारत् रहेको बताइएको छ । यही महीनाको अन्त्यसम्ममा कम्पनीले लिएको कर्जा चुक्ता गर्नका लागि भने सो ऋण खोजिएको यस मामिलाबारे जानकार स्रोतको भनाई उद्धृत गर्दै इकोनोमिकटाइम्सको अनलाइन संस्करणमा समाचार प्रकाशित छ । कम्पनीको लन्डनमा रहेको मुख्यालयले जिंक इन्टरनेशनल युनिटफर्मात पैसा सापटी लिन खोजेको बताइएको छ । जिंक इन्टरनेशनल कम्पनीको पूर्ण स्वामित्वको अफशोर सहायक कम्पनी हो । फारालोन क्यापिटल म्यानेजमेन्टले दिने भनेको ऋण आउन अझै समय लाग्ने भएपछि भीआरएलले अन्य बैंकबाट सानो परिमाणमा ऋण लिन खाजिरहेको छ ।   कम्पनीले मे ३१ मा ५० ७ दशमलव १२५ प्रतिशत दरको ५० करोड डलर ऋणपत्रमा रिफाइनान्स गर्नु पर्नेछ । यसका लागि उसलाई कम्तिमा पनि ५०÷६० करोड डलर चाहिएको छ  । हालैका महीनाहरुमा कम्पनीलाई ऋण जुटाउन सकस भइरहेको छ । एजेन्सी

डेनमार्कले रक्षा क्षेत्रमा थप ५ अर्ब ६० करोड डलर लगानी गर्ने

कोपेनेहेगन- डेनमार्क सरकारले युक्रेनमा जारी युद्धपछि उत्पन्न ‘सञ्चित चुनौती’ को सामना गर्न आगामी १० वर्षमा देशको रक्षामा थप ३८ अर्ब क्रोनर (५.६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “करिब २७ अर्ब क्रोनरले रक्षा सामग्री, भवन, आईटी र कर्मचारीहरूलाई सञ्चित चुनौतीहरूको सामना गर्न सहयोग पुग्नेछ […]

अमेरिकाले युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गर्‍यो

काठमाडौं । अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनका लागि अमेरिकाले हतियारसहित युद्ध सामग्री खरिदका लागि सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । अमेरिकी सहयोगले युक्रेनी सेना अझ सशक्त रुपमा अगाडि बढ्न सहयोग पुग्ने अमेरिकाले बताएको छ । पछिल्लो समय युक्रेनले […]

कम चिया पिउन पाकिस्तानका जनतालाई अनुरोध

पाकिस्तान सरकारले देशको अर्थतन्त्रलाई चलायमान राख्नका लागि आफ्ना नागरिकहरुलाई कम चिया पिउन आग्रह गरेको छ। दिनमा चियाको कपको संख्या घटाउनाले उच्च आयात बिल घटाउन मद्दत पुर्याउने वरिष्ठ मन्त्री अहसान इकबालले बताएका छन्।पछिल्लो समय पाकिस्तानको वैदेशिक मुद्रा सञ्चितिमा गिरावट देखिएको छ।पाकिस्तानले हरेक वर्ष करिब ६० करोड डलर मूल्यको चिया खरिद गर्छ ।

उत्तर कोरियाली ह्याकरले चोरे ७२ अर्बको क्रिप्टोकरेन्सी

उत्तर कोरियाका ह्याकरहरूले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गर्न सफल भएका छन् । एक रिपोर्ट अनुसार Axie Infinity नामक भिडियो गेमको सहयोगमा उनीहरूले गत महिना करिब ७२ अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका हुन् । द वासिंटन पोष्टको एक रिपोर्ट अनुसार चोरी गरेको क्रिप्टोकरेन्सी अहिलेसम्म पनि ह्याकरहरूले प्रयोग गर्न पाइरहेका छन् । हालै ह्याकरहरुले […]

विश्व बैंकद्वारा अफगानिस्तानमा चार परियोजना स्थगित

काठमाडौं– विश्व बैंकले अफगानिस्तानमा सञ्चालित चार परियोजनाका काम स्थगित गरेको छ । ६० करोड डलर बराबरका चार परियोजनाहरु विश्व बैंकले स्थगित गरेको अफगानिस्तानको समाचार संस्था खामा प्रेसले जनाएको हो । अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फण्ड एआरटिएफ नामक कोषद्वारा सञ्चालित परियोजनाहरू कृषि, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा केन्द्रित रहेको बताइएको छ । विश्व बैंकले महिला शिक्षामा अफगानिस्तानको शासन […]

अफगानिस्तानको मानवीय संकट आउन नदिन ६० करोड डलर उठाउँदै राष्ट्रसंघ

२८ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)ले अफगानिस्तानमा मानवीय संकट आउन नदिन ६० करोड डलर उठाउने भएको छ । राष्ट्रसंघले सोमबार त्यसका सहयोग सम्मेलन आयोजना गरेको छ । अफगानिस्तानलाई तालिबानले आफ्नो नियन्त्रणमा लिएसँगै अब त्यहाँ मानवीय …

अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाइने

एजेन्सी- द्वन्द्वका कारण आर्थिक संकटमा परेको अफगानिस्तानलाई सहयोग प्रदान गर्ने उद्देश्यले राष्टसंघले आज सहायता सम्मेलन गर्दैछ । राष्ट्रसंघले विभिन्न दातृ राष्ट्रहरुबाट अफगानिस्तानमा तत्काल ६० करोड डलर जुटाउने लक्ष्य राखेको छ । तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न भएको छ । गत महिना तालिवानले सत्ता कब्जा गर्नुअघि १ करोड ८० लाख अफगानी वैदेशिक सहयोगमा […]

६० करोड डलर बढीको क्रिप्टोकरेन्सी चोर्ने ह्याकरलाई ५ करोड ९४ लाख दिने प्रस्ताव

क्रिप्टोकरेन्सी प्लेटफर्म पोली नेटवर्कले ६० करोड अमेरिकी डलर बढी मूल्यको क्रिप्टोकरेन्सी चोर्ने एक ह्याकरलाई रकम फिर्ता गरे पुरस्कार दिने भएको छ । पोली नेटवर्कले ह्याक गरेको क्रिप्टोकरेन्सी फिर्ता गरे ५ करोड ९४ लाख रूपैयाँ अर्थात ५ लाख डलर बग बाउन्टी दिने प्रस्ताव गरेको हो । चोरी गरिएको मध्ये अधिकांश रकम फिर्ता भइसकेको छ । कम्पनीले चोरी भएको अधिकांश रकम फिर्ता गरेकोमा...

इजरायलमा ६० करोड डलर लगानी गर्दै इन्टेल

वैशाख २०, जेरुसेलम (इजरायल) । अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले इजरायलमा थप ६० करोड डलर लगानी गर्ने भएको छ । त्यहाँ अनुसन्धान तथा विकास (आरएन्डडी) विस्तारका लागि सो लगानी गर्न लागिएको कम्पनीले आइतवार बताएको हो ।  कम्पनीका प्रमुख कार्यकारी प्याट गेल्सिंगरको एक दिने इजरायल भ्रमणका क्रममा सो घोषणा भएको हो । जेरुसेलममा रहेको मोबिलिये एकाईको मुख्यालयलाई स्वचालित कार प्रविधि विकासका लागि आरएण्डपी क्याम्पस बनाउन ४० करोड डलर खर्च गर्दैछ । अर्को २० करोड डलर चाँहि हाफिया शहरमा आर्को आरएण्डडी सेन्टर बनाउन खर्च हुनेछ ।  इन्टेलले सन् २०१७ मा १५ अर्ब डलरमा चिप निर्माता मोबिलिये किनेको थियो । सन् २०१९ मा २ अर्ब डलरमा कृत्रिम बौद्धिकतायुक्त चिप निर्माता हाबाना र १ अर्बमा मोभिट किनेको थियो । कम्पनीले नयाँ चिप कारखाना बनाउन १० अर्ब डलर खर्च गर्ने योजनाको पनि उनले पुष्टि गरेका छन् ।  नयाँ कारखानाले साना चिप उत्पादन गर्छ कि गर्दैन भन्नेबारे चाँहि कम्पनीले केही पनि बताएको छैन । इजरायलमा इन्टेलमा करीब १४ हजार कार्यरत छन् । यो त्यहाँको सबैभन्दा ठूलो हाइटेक उद्योग हो । एजेन्सी