इजरायलमा ६० करोड डलर लगानी गर्दै इन्टेल

वैशाख २०, जेरुसेलम (इजरायल) । अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले इजरायलमा थप ६० करोड डलर लगानी गर्ने भएको छ । त्यहाँ अनुसन्धान तथा विकास (आरएन्डडी) विस्तारका लागि सो लगानी गर्न लागिएको कम्पनीले आइतवार बताएको हो ।  कम्पनीका प्रमुख कार्यकारी प्याट गेल्सिंगरको एक दिने इजरायल भ्रमणका क्रममा सो घोषणा भएको हो । जेरुसेलममा रहेको मोबिलिये एकाईको मुख्यालयलाई स्वचालित कार प्रविधि विकासका लागि आरएण्डपी क्याम्पस बनाउन ४० करोड डलर खर्च गर्दैछ । अर्को २० करोड डलर चाँहि हाफिया शहरमा आर्को आरएण्डडी सेन्टर बनाउन खर्च हुनेछ ।  इन्टेलले सन् २०१७ मा १५ अर्ब डलरमा चिप निर्माता मोबिलिये किनेको थियो । सन् २०१९ मा २ अर्ब डलरमा कृत्रिम बौद्धिकतायुक्त चिप निर्माता हाबाना र १ अर्बमा मोभिट किनेको थियो । कम्पनीले नयाँ चिप कारखाना बनाउन १० अर्ब डलर खर्च गर्ने योजनाको पनि उनले पुष्टि गरेका छन् ।  नयाँ कारखानाले साना चिप उत्पादन गर्छ कि गर्दैन भन्नेबारे चाँहि कम्पनीले केही पनि बताएको छैन । इजरायलमा इन्टेलमा करीब १४ हजार कार्यरत छन् । यो त्यहाँको सबैभन्दा ठूलो हाइटेक उद्योग हो । एजेन्सी

सम्बन्धित सामग्री

चिप अभाव २ वर्षसम्म कायम रहने इन्टेलले दियो चेतावनी

साउन १६, क्यालिफोर्निया( अमेरिका) । अमेरिकी बहुराष्ट्रिय कम्पनी इन्टेलले अझै दुई वर्षसम्म चिप अभाव रहने बताएको छ ।  विश्वको सवैभन्दा ठूलो सेमिकण्डक्टर चिप निर्माता कम्पनी इन्टेलका प्रमुख प्याट ग्लेसिंगरले थप दुई वर्षसम्म चिपको अभाव कायम रहने चेतावनी दिएका छन् । उनले यसको सबैभन्दा ठूलो असर सन् २०२१ को दास्रो अर्धवार्षिकमा देखिनेसमेत दावी गरेका छन् । ‘सेमिकण्डक्टर चिपमा यस्तो खालको अवस्था सृजना हुनुमा कोभिड–१९ को समयमा बढ्दो डिभाइसको उपयोग हो,’ उनले भने, ‘तर त्योभन्दा पनि अमेरिका र चीन बीच कायम व्यापारिक द्वन्दले यस्तो अवस्था सृजना गरेको हो ।’ पछिल्लो समय विश्व बजारमा सेमिकण्डक्टर चिपको अभाव बढ्दै गएको छ । स्मार्टफोन तथा कम्प्यूटरमा प्रयोग हुने चिप्सको अभाव हुँदा बजारमा ती सामग्रीको अभाव मात्र भएको छैन, महंगो पनि उत्तिकै भएको छ ।  विश्वमा पछिल्लो समय विद्यमान सेमिकन्डक्टर अर्थात् चिपको आपूर्ति प्रणालीमा देखिएको समस्याबाट अछुतो रहन नसकेको भन्दै दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस २१ को उत्पादन बन्द गरेको समाचार सार्वजनिक भएको छ  तर यसबारेमा कम्पनीले भने अझै केहि बताएको छैन  । कोभिड–१९ को पहिलो लहरबाट शुरु भएको लकडाउनसँगै बजारमा चिपको माग अध्याधिक बढेको छ । विश्वमा इन्टेल र एएमडीकोे चिप उत्पादनमा प्रमुख हिस्सा रहेको छ ।वर्क फर्म होमतथा डिजिटल डिभाइसको बढ्दो प्रयोगले निम्त्याएको चिपको माग धान्न हाल बजारमा उपलब्ध कम्पनीहरूलाई हम्मे हम्मे परिहेको छ ।  त्यसो त इन्टेल प्रमुखले नयाँ कम्पनी स्थापना गरी चिप उत्पादन गर्न थप दुई वर्ष लाग्ने भएकाले अहिलेको अवस्थामा तत्कालै बजारको माग धान्न नसक्नेसमेत बताएका छन् । कम्पनीले इजरायलमा चिप उत्पादनका लागि थप ६० करोड डलर लगानी योजना बनाइरहेको छ । कम्पनीले जसमध्ये चिप उत्पादन गर्न १० अर्ब डलर खर्च गर्ने योजना बनाइरहेको छ । नयाँ कारखानाले साना खालका चिप उत्पादन गर्छ कि गर्दैन भन्नेबारे चाहीं कम्पनीले केही पनि बताएको छैन । इजरायलमा इन्टेलमा करीब १४ हजार कार्यरत छन् । एजेन्सीहरु