लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ ।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो ।लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । बैं

सम्बन्धित सामग्री

लखनउलाई हराउँदै बैंगलोर आईपीएल क्रिकेटको क्वालिफायरमा

रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकतामा गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोर क्वालिफायरमा पुगेको हो । बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । लखनउका कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए । त्यस्तै मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले १/१ विकेट लिए ।...

आज बैंगलोर र पञ्जाव भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक खेल हुँदै छ । मुम्बईमा राति पौने ८ बजे शुरु हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुने छ । बैंगलोर आज ८ औं जित निकाल्ने तयारीमा छ । १२ खेलबाट १४ अंकसहित चौथो स्थामा रहेको बैंगलोर पञ्जाबलाई हराएर तेस्रो स्थानमा आउन […]

आईपीएल: चेन्नईलाई हराउँदै बैंगलोर चौथो स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर चाैथाे स्थानमा उक्लेकाे छ ।

गुजरातसँग बैंगलोर पराजित

रोयल्स च्यालेन्जर्स बैंगलोर इन्डियन प्रियिमर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्ससँग पराजित छ । शनिबार भएको खेलमा बैगलोर गुजरातसँग ६ विकेटले पराजित भएको हो । मुम्बईमा बैंगलोरले दिएको १७१ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १७४ रन बनायो ।गुजरातका लागि राहुल तेवातियाले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै डेभिड मिलरले ३९ रन बनाउँदा सुभमन गिलले ३१ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि साहबाज अहमेद र वानिन्दु हर्शरङगाले दुई–दुई विकेट लिए ।

आईपीएलमा आज राजस्थान र बैंगलोर भिड्दै

काठमाडौं, २२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (मंगलबार) एक खेल हुँदैछ । मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिष्पर्धा हुने छ । खेल नेपाली समय अनुसार ७ः४५ मा सुरु हुनेछ । शीर्ष स्थानमा रहेको राजस्थान लगातार तेस्रो जितको खोजीमा मैदान उत्रिने छ भने सातौं स्थानमा रहेको बैंगलोर […]

आईपीएल क्रिकेटः आज कोलकाता र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलको सातमध्ये पाँच खेलमा विजयी र दुईमा पराजित भएको बैंगलोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै सात खेलमध्ये दुईमा विजयी र पाँचमा पराजित भएको कोलकाता चार अंकसहित तालिकाको चौथो स्थानमा छ।

आईपीएल क्रिकेटः आज पञ्जाव र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किङ्स भिड्दै छन्। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखी सुरु हुनेछ। आईपीएलको ६ मध्ये ५ जित र १ खेल हारेको बैंगलोर १० अंकसहित तेस्रो स्थानमा छ। ६ खेलमध्ये २ जित र ४ खेल हारेको पञ्जाव ४ अंकसहित छैटौं स्थानमा छ।

दिल्लीलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोर  इन्डियन प्रिमियर लिग आईपीएलको  शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेलेपनि दिल्लीलाई जित दिलाउन सकेनन् । कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए । हिटमायरले अविजित ५३ रन जोडे। यस्तै म

आईपीएल क्रिकेट : आज दिल्ली र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्र्जस बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलमा पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको दिल्ली ८ अंकसहित दोस्रो स्थानमा छ। पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको बैंगलोर समान अंकसहित रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ।