१२ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरपालिकामा भएको विकासले अन्तर्राष्ट्रियस्तरमै नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने बताएका छन् । शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमै नेपालीको परिचय फराकिलो बनाउने बताएका हुन् । उनले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेकोसमेत बताए […]