कोभिड–१९ संक्रमण : भारतलाई विश्वभरबाट सहयोग प्राप्त हुँदै

काठमाडौं । भारतमा कोरोना संक्रमणको ग्राफ बढेसँगै अमेरिका, बेलायतलगायत देशले आवश्यक सहयोग गर्ने भएका छन् । बेलायतले भारतलाई हावाबाट अक्सिजन निकाल्ने अक्सिजन कन्सन्ट्रेसन गर्ने मेसिन ४९५ र भेन्टिलेटर १४० वटा सहयोग गर्ने भएको छ ।   यसैगरी अमेरिकाले तीन सयभन्दा धेरै अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्दै खोप उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तत्काल...

सम्बन्धित सामग्री

मोरंग व्यापार संघद्वारा मोरंग–सुनसरी कोरिडोरका ट्रेड युनियनहरुसँग छलफल

असार २३, काठमाडौं । मोरंग व्यापार संघले मोरंग–सुनसरी कोरिडोरका ट्रेड युनियन प्रमुख एवं प्रतिनिधिहरुसँग मंगलवार भेटघाट गरी छलफल गरेको छ । कार्यक्रममा मोरंग–सुनसरी कोरिडोरका विभिन्न प्रतिष्ठानहरुमा कार्यरत श्रमिक/  कामदारहरुको विद्यमान अवस्था, सरकारद्वारा निर्देशित सामाजिक सुरक्षा कोषको पछिल्लो संशोधित व्यवस्था तथा कोषमा आवद्ध हुन सरकारबाट दिइएका पछिल्ला सुविधाहरुको विषयमा छलफल भएको थियो  । सो अवसरमा ट्रेड युनियनका प्रमुख एवं प्रतिनिधिहरुले श्रमिक/ कामदारहरुलाई कोभिड - १९ संक्रमण तथा निषेधाज्ञाका कारण प्रत्यक्ष असर पर्न गएको तथा निजहरुको स्वास्थ्य सुरक्षाको जोखिम उच्च हुन गएतापनि निजहरुका लागि सरकारबाट संक्रमण विरुद्धको खोप लगायत कुनै प्रकारका सहयोग उपलब्ध हुन नसकेको बताएका थिए । साथै उनीहरुले सामाजिक सुरक्षा कोषका सन्दर्भमा कोष सञ्चालन सम्बन्धी सरकारद्वारा गरिएका पछिल्ला केहि संशोधनहरुले राहत तुल्याउने देखिएतापनि कोभिड -१९ को दोश्रो लहरको चरम प्रभाव तथा निषेधाज्ञा लागू रहँदै सरकारद्वारा आव्हान गरिएका कोषमा आवद्ध हुँदा दिइने पछिल्ला सुविधाहरु सम्बन्धित सबै पक्षले समयमा प्राप्त गर्न नसकेको तथा निषेधाज्ञा हट्नु अगावै सो को म्याद सकिएको भन्दै त्यसप्रति सरकारले पुनर्विचार गरी म्याद थप गर्नुपर्ने धारणा राखेका थिए । सो अवसरमा संघका प्रकाश मून्दडाले श्रमिक/ कामदार र उद्योगी/ व्यवसायीहरु एकै रथका दुई पाङग्रा रहेको भन्दै श्रमिक/ कामदारहरुको हितका निम्ति सामाजिक सुरक्षा कोषका कार्यविधिहरुको संशोधन एवं क्रमिक सुधारका लागि संघ लगायत निजी क्षेत्रकाऔद्योगिक/ व्यवसायिक प्रतिष्ठानहरुले शुरु देखिनै जोडदार पहल गर्दै आएको  बताए । साथै सोही छलफलबाट सहभागीहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको पछिल्लो आव्हान तथा सुविधा दिने म्याद निषेधाज्ञा कै अवधिमा समाप्त हुन पुगेकाले सो सुविधाहरु सबै पक्षले प्राप्त गर्न सक्ने गरी आगामी साउन  मसान्तसम्मका लागि म्याद थप गर्न माग गरिदिन सरकार एवं सम्बन्धित निकाय समक्ष माग गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल, उपाध्यक्ष अनिलकुमार साहसहितको उपस्थितिमा सम्पन्न उक्त छलफल कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं १ का अध्यक्ष टिका प्रसाई, नेपाल ट्रेड युनियन, कांग्रेसका सुशिल कोईराला लगायतको सहभागिता रहेको थियो ।

कांग्रेसद्वारा विभिन्न जिल्लामा अक्सिजन कन्सेन्ट्रेटर सहयोग

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका नेता/कार्यकर्ता तथा शुभेच्छुकहरूबाट प्राप्त आर्थिक सहयोग उपयोग गरी कोभिड–१९ संक्रमण उपचारमा अत्यावश्यक अक्सिजन कन्सेन्ट्रेटर ​वितरण गरिरहेको जनाएको छ। सार्वजनिक अस्पतालहरूमा कांग्रेसले यो उपकरण उपलब्ध गराइरहेको हो। सो पार्टीले गठन गरेको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले १० लिटर क्षमता भएको ५० थान अक्सिजन कन्सेन्ट्रेटर अत्यावश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालमा वितरण गर्दै आएको छ। यस्तो प्रकारको एउटा मेसिनबाट दुई बिरामीलाई एकैपटक मेडिकल अक्सिजन दिन सकिन्छ। सम...

एमआइटी ग्रुप फाउन्डेशनद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण प्रतिकार्यका सन्दर्भमा नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि सहयोग पु¥याउन सबै तह र तप्कासँग आह्वान गरेका छन् ।एमआइटी ग्रूप फाउन्डेशनमार्फत सहयोगस्वरुप संकलन गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा उनले कोरोना संक्रमण नियन्त्रण र उपचारका सिलसिलामा धेरै मुलुकबाट प्राप्त भइरहेको जानकारी दिए ।उनले नेपाली जनतालाई सुरक्षित राख्नका लागि […]